दाङका २ संक्रमितको बाँकेमा उपचारकै क्रममा मृत्यु

दाङका २ संक्रमितको बाँकेमा उपचारकै क्रममा मृत्यु

दाङ – दाङका २ जना  कोरोना संक्रमित पुरुषको बाँकेमा उपचारका क्रममा मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका ६ का ५६ वर्षीय र ८१ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए।

५६ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा बिहीबार बिहान करिब २ बजेर २० मिनेट मृत्यु भएको उनले बताए। कोरोनाको आशंकामा कात्तिक २४ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा स्वाब परीक्षण गर्दा  उनमा २५ गते कोरोना पुष्टि भएको थियो।

कोरोना पुष्टि भएपछि होम आइसोलेशनमा बसेका उनको स्वास्थ्यमा समस्या आएपछि कात्तिक २७ गते कोहलपुरमा ल्याइएको थियो। उनी मधुमेह र मृगौलाका बिरामी थिए।

त्यस्तै, वडा नं ६ का ८१ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा बिहीबार बिहान साढे ३ बजे मृत्यु भएको  उनले बताए। कोरोनाको आशंकामा कात्तिक २८ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा स्वाब परीक्षण गर्दा उनमा त्यसै दिन कोरोना पुष्टि भएको थियो।

कोरोना पुष्टि भएपछि त्यसै दिन साँझ ४ बजे उनलाई भेरी अस्पतालमा ल्याइएको थियो। उनी मधुमेह र मृगौलाका विरामी थिए।  जिल्लामा हाल सम्म कोरोना संक्रमणका कारण २३ जनाको मृत्यु भएको छ।

घोराही उपमहानगरपालिकामा ८ जना, तुलसीपुरमा १० जना, लमही नगरपालिकामा ३  जना र राप्ती गाउँपालिकामा २ जना कोरोना संक्रमणको मृत्यु भएको छ। जिल्लामा बुधवार सम्म २१ हजार ३१२ जनाको स्वाब पिसिआर परीक्षण गर्दा २ हजार ७८३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ।

ती संक्रमितमध्ये २ हजार २५० जना निको भएर डिस्चार्ज भएको  कार्यालयका फोलक पर्सन कमल चन्दले जानकारी दिए। हालसम्म जिल्लामा सक्रिय संक्रमितको संख्या ५१२ जना रहेको र तीमध्ये ४३३ जना होम आइसोलेशन र संस्थागत आइसोलेशनमा ७९ जना रहेको उनले जानकारी दिए। जिल्लामा भारत तथा तेस्रो मुलुकबाट आएर अहिले सम्म १३ हजार ५२६ जना क्वारेन्टाइनमा बसेका थिए।

प्रकाशित मिति : बिहिबार, मंसिर ४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij