कपिलवस्तु र अर्घाखाँचीका उत्कृष्ट करदाता सम्मानित

कपिलवस्तु र अर्घाखाँचीका उत्कृष्ट करदाता सम्मानित

कपिलवस्तु । आन्तरिक राजश्व कार्यालय कृष्णनगरले कर शप्ताहका अवसरमा आइतबार उत्कृष्ट करदातालाई सम्मान गरेको छ ।

कार्यालयले कपिलवस्तु र अर्घाखाँचीका एक÷एक जनालाई गत आबमा सर्वोत्कृष्ट कर बुझाउने दुई जना करदातालाई सम्मान गरेको हो ।

कपिलवस्तुबाट पावर टेक इण्डष्ट्रिजका विकास केडिया र अर्घाखाँची जिल्लाबाट अमर निर्माण सेवाका प्रोप्राइटर बसन्त भुसाललाई सम्मान गरेको प्रमुख कर अधिकृत दिनेश पाण्डेले जानकारी दिनुभयो ।

कार्यक्रम कार्यालय प्रमुख दिनेश पाण्डेको अध्यक्षता, कृष्णनगर भन्सार कार्यालय प्रमुख जनार्दन पौडेल, कपिलवस्तु उद्योग वाणिज्य संघका पदाधिकारी, चन्द्रौटा उद्योग वाणिज्य संघका पदाधिकारी, कृष्णनगर उद्योग वाणिज्य संघ, स्थानीय उद्योगी व्यवसायी तथा पत्रकारको सहभागीता रहेको थियो ।

स्वच्छ, पारदर्शी र प्रविधीमैत्री कर प्रशासन, विकास सम्मृद्धि र सुशासन भन्ने नाराका साथ स्वास्थ्य मापदण्ड अपनाई कार्यालयले नवौं राष्ट्रिय कर दिवस तथा कर शप्ताहको समापन गरेको हो ।

प्रकाशित मिति : आइतबार, मंसिर ७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij