सैनामैना,
सैनामैनामा खेल मैदान निर्माणको कार्य तीव्र पारिएको छ । सैनामैनाका विभिन्न क्षेत्रमा खेल मैदान निर्माण भइरहेको अवस्थामा सैनामैना ११ दक्षिण बरौलीमा पनि खेल मैदान निर्माण कार्य सुरु ।
बुधबार एक कार्यक्रमका विच सैनामैना नगरपालिका वडा नं ११ का वडा अध्यक्ष सुनिल प्रसाद मरासिनीले उक्त खेल मैदानको शिलन्यास गनुृभएको हो ।

दक्षिण बरौली खेलमैदान नामाकरण गरिएको उक्त खेल मैदान शिलन्यास गर्दै मरासिनीले खेल मैदान निर्माण गर्नमा बजेटको अभाव हुन नदिने बताउनुभयो । लामो समयदेखी खेल मैदानको माग गरिरहेका यहाँका युवालाई यस खेल मैदानले खेलकुदमा लाग्नलाई उर्जा प्रदान गर्ने बताउनुभयो।
लामो समयदेखी फुटवल खेल साथै थारु कप हुँदै आएको दक्षिण बरौली खेल मैदानलाई जोगाईराख्न यस क्षेत्रका युवाहरुको अतुलनिय योगदान रहेको मरासिनीले बताउनुभयो ।

त्यस्तै कार्यक्रमका सभापती तथा दक्षिण बरौली युवा क्लबका अध्यक्ष असोक भट्टराईले यो खेल मैदानले यस क्षेत्रका युवा युवतीलाई खेलकुदमा लाग्न प्रोत्साहन गरेको बताउनुभयो । खेल मैदान निर्माण सम्पन्न गर्ने काममा युवाहरु खटिने प्रतिवद्धता व्यक्त गरेका थिए ।
उक्त खेल मैदान ५५० मि क्षेत्रफल र पहिलो चरणका लागिदश लाख बजेटमा निकासा भएको थप बजेट फेरी निकासा हुने छ भने २०७७/११/२५ सम्ममा सम्पन्न हुने सचिव सन्जय गौतमले जानकारी गराउनुभयो ।

प्रकाशित मिति : बुधबार, मंसिर १० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्