बुटवल ।
नेपालमा शुक्रबार थप १ हजार ७ सय ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १० हजार ४ सय ६० जनाको पीसीआर परीक्षण गर्दा १ हजार ७ सय ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख २९ हजार ३ सय ४३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ हजार २ सय ३६ कोरोना संक्रमित निको भएर घर फर्कीएका छन् ।
नेपालमा हालसम्म २ लाख ९ हजार ४ सय ३५ जना कोरोना संक्रमित निको भएर घर फर्कीएका छन् ।
पछिल्लो २४ घण्टामा थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ हजार ४ सय ३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा हाल १७ हजार ३ सय ३७ जना सक्रिय संक्रमित रहेका छन् ।
प्रकाशित मिति : शुक्रबार, मंसिर १२ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्