कञ्चन
रुन्देहीको कञ्चन गाउपालिकामा कार्यलय रहेर रुपन्देहीको बिभिन्न स्थानिय तहहरुमा मानव बेचबिखन बिरुद्ध,मानसिक स्वास्थ्य,लैंगिक हिंसा बिरुद्ध जस्ता बिभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको सुनगाभा सामुदायिक बिकास केन्द्रको २६ औं साधारण सभाबाट अध्यक्षमा पहिलो पटक महिला अध्यक्ष सुमित्रा बुढाथोकी सर्बसम्मत निर्वाचित हुनु भएको छ। शिवकला खनालको संयोजकत्वमा गठित निर्वाचन समितिले सर्बसम्मत रुपमा निवर्तमान कार्यसमितिका सचिव समेत रहनु भएका बुढाथोकीलाई केन्द्रको अध्यक्षमा निर्वाचित गरेको हो ।
नव निर्वाचित कार्यसमितिको उपाध्यक्षमा केशर बहादुर खत्री,सचिवमा हिमा बेलवासे,सहसचिवमा शसी गोतामे,कोषाध्यक्षमा इन्द्र बहादुर पुन,सदस्यहरुमा धनकला घिमिरे,मौसम क्षेत्री,पुष्पाराज सापकोटा,पुष्पा बलाल तरामी,खुना सिंजाली र खडानन्द ज्ञवाली सर्बसम्मत निर्वाचित हुनु भएको सामाजिक परिचालक पुष्पा के।सी।ले जानकारी दिनु भएको छ।
नव निर्वाचित कार्य समितिलाई बधाई तथा शुभकामना दिदै कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले संस्थाको संस्थागत बिकास संगै संस्थाले निर्धारण गरेको नीति तथा कार्यक्रमहरुलाई सहि समयमा सहि ढंगले परिचालन गरी समुदायलाई सुसूचित गर्ने कार्यमा नया कार्य समिति सफल हुने बिश्वास ब्यक्त गर्दै असल नेतृत्वले सफल रुपमा लक्ष प्राप्त गर्न सक्ने बताउनु भएको छ। सुनगाभा सामुदायिक बिकास केन्द्रले समुदायमा पुराएको योगदान र समृद्ध कञ्चन निर्माण गर्नमा खेलेको भुमिका अति नै प्रशंसनिय कार्य भएको अध्यक्ष क्षेत्रीले उल्लेख गर्नु भएको थियो ।
ययसैगरी उपाध्यक्ष गोमा तरामुले अफुलाई जनप्रतिनीधि बनाएर कञ्चनको निर्णायक तहमा पुग्ने हिम्मत र क्षमता बनाएको सुनगगाभा भएकोले मेरो लागि प्रेरणाको श्रोत भएको बताउनु भएको थियो । सुनगाभा सामुदायिक बिकास केन्द्रको सम्पर्कमा आएपछि आफु भित्र रहेको अन्तरनिहित क्षमताको बिकास भई कञ्चनवासी महिला दिदी बहिनीहरुको हक अधिकार र उधमशिलताको बिकासका बारेमा बिभिन्न फोरमहरुमा ब्यक्त गर्न सक्षम भएको बताउदै उपाध्यक्ष तरामुले सुनगाभा बिकास केन्द्रले स साना बालबालिका देखि लिएर प्रौढ महिला पुरुष सबै तहका ब्यक्तिहरुको ब्यक्तित्व र नेतृत्वको क्षमताको बिकासमा लगानी गर्दै आएको र हरेक कार्यक्रमहरुमा गाउपालिकासंग सहकार्य र समन्वय गर्नु केन्द्रको मुख्य बिशेषता रहेको समेत उपाध्यक्ष तरामुले बताउनु भयो ।
केन्द्रका अध्यक्ष प्रेम बहादुर बि।क।ले संस्थागत बिकास र प्रगती प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो भने कार्यकारी निर्देशक गोपाल बहादुर के।सी।ले संस्थाको बार्षिक कार्यक्रम,बिधान तथा नीति निर्देशन र कार्यबिधिहरुका बारेमा उल्लेख गर्नु भएको कार्यक्रममा कञ्चन गाउपालिका वडा नं। ५ का वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारी,कार्यपालिका सदस्य लक्ष्मी देबी दर्जी,केन्द्रका सल्लाहकार कृष्ण बहादुर फौजा,लेखनाथ पौडेल,प्रेम बहादुर काउचा लगायतले सुनगाभा सामुदायिक बिकास केन्द्रको संस्थागत बिकासको सफलताको शुभकामना र नव निर्वाचित कार्यसमितिका लागि बधाई दिनु भएको थियो ।
यस्तै केनद्रका कोषाध्यक्ष कुल प्रसाद पौडेलले संस्थाको संस्थागत आर्थिक प्रतिबेदन प्रस्तुत भएको साधारण सभामा संस्थाको संस्थागत बिकासका लागि सहयोग गर्ने कृष्ण माया कार्की,टेकराम बि।क। रुम बहादुर फौजा र कृष्ण बहादुर फौजालाई सम्मान पत्र र दोसल्लाले सम्मान गरिएको सामाजिक परिचालक पुष्पा के।सी।ले जानकारी दिनु भएको छ। उपाध्यक्ष खेम बहादुर क्षेत्रीको स्वागथ तथा सचिव सुमित्रा बुढाथोकीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
मानव बेचबिखन बिरुद्धको परियोजना,मानसिक स्वास्थ्य परियोजना,संवाद परियोजना,किशोरकिशोरी मैत्री यौन तथा प्रजनन स्वास्थ्य लगायत कार्यक्रमहरु बिभिन्न साझेदार संस्थाहरुको साझेदारीमा संचालन गर्दै आएको सुनगाभा सामुदायिक बिकास केन्द्रमा ९३ जना सदस्य,४६ जना स्वयम सेवक र २७ जना कर्मचारीहरु रहेका छन ।
प्रकाशित मिति : शनिबार, मंसिर २० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्