बुटवल।
रुपन्देहीमा शनिबार थप ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा जिल्लाका २४ पुरुष र २३ महिला गरी ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार शनिबार रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सबैभन्दा धेरै १४ जना, बुटवल उपमहानगरपालिकाका १२ जना,सैनामैना नगरपालिकाका ८ जना, सिद्धार्थनगर नगरपालिकाका ६ जना, देवदह नगरपालिकाका ३ जना तथा सियारी गाउपालिका,सुद्धोधन गाउपालिका,कञ्चन गाउपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकाका १÷१ जना जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यससँगै रुपन्देही जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या ८ हजार १ सय ४६ पुगेको छ ।
जिल्लामा हालसम्म ७ हजार २ सय ३५ जना कोरोना संक्रमित निको भएर घर फर्कीएका छन् भने १ सय २९ जनाको मृत्यु भएको छ ।
हाल रुपन्देही जिल्लामा ७ सय ८२ जना कोरोना संक्रमित उपचाररत रहेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
प्रकाशित मिति : शनिबार, मंसिर २० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्