काठमाडौं – महाकाली राजमार्गअन्तर्गत गोकुलेश्वर-दार्चुला सडकखण्डको मालिकार्जुन गाउँपालिका–१ भर्तोलामा गए राति ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ट्रक चालक बैतडीको दोगडाकेदार गाउँपालिका–५ न्वालीका २४ वर्षीय शेरसिंह कार्की रहेका प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिए । मृतक अन्य दुईको पहिचान हुन सकेको छैन । उनीहरु सबैको घटनास्थलमै मृत्यु भएको हो ।
गोकुलेश्वरबाट दार्चुला सदरमुकाम खलङ्गातर्फ गइरहेको ना ३ ख ३४८५ नम्बरको ट्रक गए राति सवा १० बजे दुर्घटनामा परेको हो । ट्रक सडकबाट झण्डै १२० मिटर तल खसेको छ । ट्रकमा सवार तीनै जनाको मृत्यु भएकाले दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । मृतकहरूको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ ।
प्रकाशित मिति : सोमबार, मंसिर २२ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्