काठमाडौं -सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक ५ गते बस्ने भएको छ । बुधबार बसेको बैठकले अर्काे बैठक ५ गते बस्ने निर्णय गरेको हो ।
पुस १० गतेका लागि केन्द्रीय कमिटी बैठक बोलाइएको नेकपा प्रवक्ता नाराणकाजी श्रेष्ठले जानकारी दिए ।
बैठकले सरकारले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको छ । संसद अधिवेशनको माग गर्दै राष्ट्रपति कार्यालयमा बुझाउन लागिएको आवेदनको प्रकृया अगाडि नबढाउने र संवैधानिक नियुक्ति सहमतिका आधारमा गर्ने निर्णय गरेको छ ।
बुधबारको स्थायी समिति बैठकअघि ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच सहमति भएअनुसार सो अध्यादेश फिर्ता लिनेसम्बन्धी प्रस्ताव स्थायी समितिले अनुमोदन गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
प्रकाशित मिति : बुधबार, पुष १ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्