कञ्चन
सवल कञ्चन हाम्रो अभियान सहित समृद्ध कञ्चन सुखी कञ्चनवासी निर्माणमा अगाडी बढिरहेको कञ्चन गाउपालिकाको अब्यबस्थित बसोबासीको समस्या समाधानका लागि भुमि सम्बन्धी समस्या समाधान आयोग,स्थानिय सहजिकरण समिति मार्फत पुषको दोश्रो साता देखि कञ्चनमा लगत संकलन गरिने भएको छ।
कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीका अनुसार कञ्चनको करिब ७५ प्रतिशत अब्यबस्थित बसोबासको समस्या समाधानका लागि आवस्यक पर्ने दक्ष जनशक्ती,सर्बेक्षक,अमिन,प्राबि
जग्गा नापीका लागि आवस्यक जनशक्तीहरुको ब्यबस्थापनका लागि छनौट प्रक्रिया भएको र पुषको पहिलो साता भित्र इकाई कार्यलय स्थापना गरिने बताउदै गाउपालिका स्तरिय स्थानिय समन्वय समिति गठन समेत भइसकेको जानकारी गराउनु भएको छ। कञ्चनको अब्यबस्थित बसोबासीहरुको समस्या समाधानका लागि गरिने जग्गा नापी गरी जनताको हातमा जग्गाधनी पुर्जा बितरण गर्दा सम्म करिब डेढ करोड जति खर्च हुने भनिएकोमा जग्गा नापीका लागि गरिने लगत संकलन र आफ्नो जग्गा नापी गर्दा समेत कुनै पैसा नलाग्ने तर लालपुर्जा पाउने बेला मालपोत कार्यलयले तोकेको मुल्यको न्युनतम ८ प्रतिशत देखि २ सय प्रतिशतसम्म राजस्व तिर्नु पर्ने अध्यक्ष क्षेत्रीले बताउनु भएको छ।
कञ्चनवासीले नापीको नाममा पटक पटक पाएको दुख र झुक्काइले यस पटकको नापी हुने चर्चामा आम कञ्चनवासीले बिश्वास गर्न सकेका छैनन,कञ्चनको अब्यबस्थित बसोबासको समस्या समाधानका लागि जग्गा नापी हुने आधार के हो त भन्ने प्रशनमा गाउपालिकाका अध्यक्ष क्षेत्रीले पहिलेका आयोगहरु कुन प्रकृतिका थिए र के कतिको अधिकार प्राप्त आयोग थिए र के कसरी काम गरे भन्ने बारेमा आफु अनबिज्ञ भएको र अहिले देबि ज्ञवालीको अध्यक्षतामा गठित भुमि सम्बन्धी समस्या सामाधान आयोग संसदबाट ऐन तथा कानुन निर्माण भई गठन भएको अधिकार सम्पन्न आयोग भएको र पुन नया सरकार गठन भएर आए पनि आगामी ४ बर्ष सम्म यो आयोगको समयावधि भएकोले साथै देश भरका एक सय स्थानिय निकायहरु मध्ये कञ्चन गाउपालिकाबाट पहिलो पटक काम शुरु हुनेगरी सम्पुर्ण ब्यबस्थापन भइरहेकोले कञ्चनमा नापी हुने कुरामा कञ्चनवासीलाई ढुक्क हुन आग्रह गर्नु भएको छ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) रुपन्देही जिल्ला सचिवालय सदस्य हस्त बहादुर सवारले पनि देशभर समस्याको रुपमा रहेको अब्यबस्थित बसोबासीहरुकाो समस्या समाधान गर्नको लागि एउटा निश्चित भुगोल तथा स्थानलाई लक्षित गरेर भन्दा पनि समग्र समस्या समाधान गर्ने बलियो र बिभेद रहित कार्यबिधि निर्माण गर्न सके र कञ्चनका सरोकारवालाहरुको जागरुकता देखाउन सके कञ्चन लगायत देशभरका करिव १४ लाख भुमिहिन दलित,भुमिहिन सुकुम्वासी र अब्यबस्थित बसोबासीहरुको समस्या समाधान हुनेमा बिश्वस्त हुन आग्रह गर्नु भएको छ। यस्तै कञ्चन ३ का भिम पौडेलले भने जनप्रतिनीधिहरुको भनाई र वहाँहरुको गतिबिधीले कञ्चनमा बिगतमा जस्तै फारम भरेर लगत संकलन गरी नापी सम्म होला तर जग्गाधनी पुर्जा पाउने भन्ने कुरामा आफु बिश्वस्त नभएको बताउनु भएको छ।
कञ्चन गाउपालिकामा नापी गर्नको लागि स्थानिय स्तरमा राष्ट्रिय मान्यता प्राप्त राजनैतिक दलहरुको समेत सहभातिामा कञ्चनमा सहजिकरण समिति बनाइसकेको र सम्भवत नापी हुने र कञ्चनको अस्थाई बसोबासीहरुको समस्या समाधान हुने कुरामा आफु बिश्वस्त रहेको जनता समाजवादी पार्टीका जिल्ला सदस्य सोमनाथ पौडेलले बताउनु भएको छ।
कञ्चन ४ जैसीखर्क टोल बिकास संस्थाका अध्यक्ष चन्द्र बहादुर क्षेत्रीले पटक पटक कञ्चनवासी नापीको नाममा छलिदै आएको हुदा बिश्वास नभएको भएपनि भुमिब्यबस्था समस्या समाधान आयोगका केन्द्रिय अध्यक्ष देबी ज्ञवालीसंगको छलफलमा कञ्चनवासीलाई यसपाली नापी हुनेमा बिश्वस्त बनाएकोले कञ्चनमा जग्गा नापी हुनेमा आफु ढुक्क भएको यस पटकको आयोगले नापी नगरे कञ्चनको अब्यबस्थित बसोबासीको समस्या कहिलै समाधान नहुने बताउनु भएको छ।
यस्तै हरैया माध्यमिक बिधालय ब्यबस्थापन समितिका अध्यक्ष शेर बहादुर रानाले भने लगत संकलन हुदैमा नापी हुन्छ नै भन्ने कुनै बिश्वास नभएको र यसभन्दा अघि पनि नापी हुने हल्ला भएको अब्यबस्थित बसोबासीको कुपन समेत बितरण गरेको र पछिल्लो पटक पक्का नापी हुने भनेर फर्म भराउने काम भएको भएपनि समस्या समाधानका लागि कुनै काम नभएकोले यस पटकको हल्ला पनि हल्लामा सिमित हुने बताउदै सकेसम्म यसपटक हल्ला भन्दा पनि काम हुने आशा गर्नु भएको छ।
बकुलगाढ टोल बिकास संस्थाका अध्यक्ष मनिलाल शर्माले भने जनप्रतिनीधिहरुले जनताको लागि साच्चै नै काम गर्ने मन देखिको प्रतिबद्ध भए अवस्य पनि कञ्चनमा नापी हुनेमा आफु बिश्वस्त हुनुहुन्छ। तरायगढ टोल बिकास संस्थाका अध्यक्ष राजेन्द्र यादव कञ्चनमा रहेका अब्यबस्थित बसोबासी किासनहरुको समस्या समाधान गर्नु अति आवस्यक रहेको र बिगतका आयोगहरुले गर्न नसकेको नापी यसपालीको आयोगले हाम्रो जग्गा नापी दिएमा हामी जस्ता किसानहरुको समस्या समाधान हुने बताउदै यसपाली नापी हुनेमा बिश्वस्त रहेको बताउनु भयो ।
यदि कञ्चनमा अब्यबस्थित बसोबासीहरुको जग्गा नापी हुने नै भए एक जनाले कति सम्म जग्गा पाउछन त ?
देशभरका भुमिहिन दलित,भुमिहिन सुकुमवासी तथा अब्यवस्थित बसोबासको समस्या समाधानका लागि बनेको भुमि सम्बन्धी समस्या समाधान आयोगबाट हुने नापी गर्दा भुमिहिन दलित र भुमिहिन सुकुम्वासीहरुले ५ कट्ठा सम्मा निशुल्क प्राप्त गर्ने छन र अब्यबस्थित बसोबासीको रुपमा बसोबास गर्दै आइरहेका जिल्ला मालपोत कार्यलयले निर्धारण गरेको मुल्यको न्युनतम राजस्व भुक्तानी गरेपछि आफुले जोतभोग गर्दै आएको जग्गा आफ्नो नाममा नापी गर्न पाइने नया कार्यबिधि बनेको भुमि सम्बन्धी समस्या समाधान आयोग,स्थानिय सहजिकरण समन्व समितिका सदस्य सोमनाथ पौडेलले जानकारी दिनु भएको छ।
यस क्षेत्रवाट निर्वाचित रुपन्देही क्षेत्र नं. ५ (क) सांसद भुमिश्वर ढकाल,राष्ट्रिय सभा सदस्य खिमला भट्टराई,संघिय सांसद भरत कुमार शाह र स्थानिय सरकाको रुपमा रहेको कञ्चन गगाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्री,उपाध्यक्ष गोमा तरामु,वडा अध्यक्ष तथा वडा सदस्यहरुले चुनावी समयमा आफुले प्रतिबद्धता गरेको लालपुर्जा सम्बन्धी समस्या समाधानका लागि निरन्तर काम गर्दै आइरहेका छन भने जग्गा नापीका लागि आवस्यक सर्बेक्षक,अमिन तथा गणक तथा आवस्यक प्राबिधिक तथा उपकरणहरुको ब्यबस्थापनको अन्तिम चरणमा पुगिरहेको कञ्चन गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत लेख बहादुर बस्नेतले जानकारी दिनु भएको छ।
प्रकाशित मिति : बिहिबार, पुष २ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्