उनले जननिर्वाचित सरकारलाई असहयोग, विरोध र घेराबन्दीमा पारिएपछि मेरासामु सार्वभौम जनतासमक्ष जानुको विकल्प नरहेको स्पष्ट पारे। निर्धारित समयभन्दा डेढ वर्ष अगावै ताजा जनादेशमा जानुपर्ला भन्ने अनुमान कसैले नगरेको भन्दै प्रधानमन्त्री ओलीले २०७४ मंसिरमा सम्पन्न निर्वाचन परिणाम राजनीतिक स्थायित्वको पक्षमा रहेको भए पनि बाध्यतावश बीचमै यस्तो निर्णय गर्नुपरेको बताए।
जनादेश र जनभावनाविपरीत राष्ट्रिय राजनीतिलाई अन्त्यहीन एवं अर्थहीन विवादमा अल्झाएर गतिरोध सिर्जना गरेर संसदलाई अर्थहीन तुल्याएपछि प्रतिनिधिसभा विघटन गरेको उनको स्पष्टोक्ति थियो।
उनले सत्तापक्षकै साथीहरु प्रतिपक्षभन्दा बढी आक्रमण र असयोगी भएर लागेकाले पनि यो अप्रत्यासित निर्णय गर्नुपरेको बताए। उनले ती साथीहरुको आँखा सधैं पदमै रहेकाले सरकारविरुद्ध निरन्तर आलोचना गर्मै व्यस्त रहेको बताए।
उनले सरकार सञ्चालन र पार्टी सञ्चालनका लागि एक-एक जनालाई जिम्मेवारी दिइए पनि काम कारबाही छाडेर सरकारको विरोध र आलोचनामा मात्रै सीमित रहेको बताए। उनले उल्टै आफैँविरुद्ध पार्टीको लोगो र लेटरप्याट दुरुपयोग गरी चरित्र हत्या गर्नेगरी लाञ्छना लगाएको समेत बताए।
उनले विशाल पार्टीले गर्नुपर्ने काम कारबाहीको मूल्यांकन जनता आफैँले पनि गर्नसक्ने बताए।
प्रतिक्रिया दिनुहोस्