काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजेका लागि बोलाइएको हो ।
बैठकमा संसद् विघटनपछिको मुलुकको पछिल्लो राजनीतिक विषयमा छलफल हुने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरेपछि कांग्रेस विरोधमा छ ।
उसले यहि विषयमा सोमबार सर्वदलीय बैठक आह्वान गरेर छलफल गरेको थियो । नेपाली कांग्रेस, नेकपाको असन्तुष्ट पक्ष तथा जनता समाजवादी पार्टीसहित संसद विघटनको विपक्षमा छन् ।
प्रकाशित मिति : मंगलबार, पुष ७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्