तिलोत्तमा
बिना सहमति केपी ओली पक्षको नेकपामा केन्द्रीय समितिमा चयन गरेपछि नेतृ जागेश्वर चौधरीले पद अस्विकार गरेकी छन् । तिलोत्तमा नगरपालिकाकी उपप्रमुख चौधरीले आफ्नो सहमति बेगर ओली समूहको बैठकले केन्द्रीय सदस्य बनाएको भन्दै असहमती जनाएकी हुन् ।
उपप्रमुख चौधरीले एक प्रेस विज्ञप्ति जारी गर्दै विना कुनै पूर्व जानकारी केन्द्रीय कमिटी सदस्यमा आफ्नो नाम राखेर सपथका लागि काठमाडौं आमन्त्रण गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएकी छन् ।
विज्ञप्तीमार्फत् ओली समूहले पार्टी विधान र कार्यकर्ताको भावनाविपरीत विस्तार गरेको केन्द्रीय कमिटी सदस्यमा नरहने घोषणा गरेको समेत जनाएकी छन् ।
‘सीमित व्यक्तिको लाभ र प्रतिष्ठाको लागि सार्वभौम प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको व्यक्तिवादी प्रवृत्तिबाट सामाजिक रुपान्तरण सम्भव नभएको मेरो निष्कर्ष छ,’ विज्ञप्तिमा उनले भनेकी छन्, ‘म नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मूलधारमै रहेको जानकारी गराउँदै पार्टीलाई विधि–विधान, प्रक्रियाअनुसार चलाउन नेतृत्वलाई आग्रह गर्दछु ।’
एक तिहाई केन्द्रीय सदस्य उपस्थित रहेको बैठकले गरेको निर्णय बैधानिक नहुने उपमेयर चौधरीले जनाएकी छिन् ।
त्यस्तै नवलपरासी पश्चिमबाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्य भगवतीदेवी भण्डारी, सोही जिल्ला कै कम्युनिस्ट नेता वृहस्पति अधिकारीले पनि सहमति नलिइ केपी शर्मा ओली समूहको केन्द्रीय सदस्य बनाइएको भन्दै पद अस्वीकार गरेका छन् । उनीहरुले सपथ ग्रहणमा पनि सहभागि नहुने बताएका छन् ।
प्रकाशित मिति : बुधबार, पुष ८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्