बुटवल -वाग्लुङ जिल्लाको धनमुडा चौर समाज बुटवल रुपन्देहीको आयोजनामा प्रथम राष्ट्रिय बी लेभलको खुल्ला ब्याडमिटन प्रतियोगिता शुक्रवार देखि बुटवलमा शुरु भएको छ ।
प्रतियोगिताकमा ७६ टिमको सहभागिता रहेको प्रतियोगिता आयोजकका सल्लाहकार पदम केसीले बताउनु भयो ।
प्रतियोगिताको एक समारोहका बीच बुटवल उपमहानगरपालिकाकी उप प्रमुख गोमादेवी आचार्यले शुभारम्भ गर्नु भयो । उहांले खेलकुद क्षेत्रमा सरकारले वजेट विनियोजन गर्न कन्जुसायी गर्न नहुने भन्दै युवा युवतीलाई कुलतवाट बचाउन पनि खेलकुदको विकास अपरिहार्य रहेको धारणा राख्नु भयो ।
प्रतियोगितामा प्रथम हुनेले ५५ हजार ५५५ रुपैयां नगद प्रमाणपत्र शिल्ड तथा उपविजेताले ३३ हजार ३३३ र तेस्रो हुनेले २२ हजार २२२ रुपैयां नगद प्रमाणपत्र शिल्ड पुरस्कार पाउने छन ।
त्यस्तै प्रतियोगिताको उत्कृष्ट टिमले नगद ५ हजार पाउने छन ।बुटवल ११ ओलीपथमा रहेको कबर्डहलमा संचालित प्रतियोगिताको अध्यक्षता समाजका अध्यक्ष देव थापाले गर्नु भएको थियो ।
प्रतियोगिता २ दिनसम्म संचालन हुने प्रमुख एम्पाएर अर्जुन कार्कीले बताउनु भयो ।
प्रकाशित मिति : शुक्रबार, पुष १० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्