राष्ट्रियसभाको हिउँदे अधिवेशन पुस १७ गतेदेखि बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

राष्ट्रियसभाको हिउँदे अधिवेशन पुस १७ गतेदेखि बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं । सरकारले राष्ट्रियसभाको हिउँदे अधिवेशन आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ । शुक्रबार मन्त्रिपरिषद् विस्तार र केही मन्त्रीको जिम्मेवारी हेरफेरपछि बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको हिउँदे अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।

बैठकले पुस १७ गते राष्ट्रिय सभा अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको श्रममन्त्री गौरीशंकर चौधरीले जानकारी दिए । संसदको वर्षे अधिवेशन गत असार १८ गते अन्त्य भएको थियो ।

संवैधानिक व्यवस्थाअनुसार ६ महिनाभित्र अधिवेशन आह्वान भइसक्नुपर्छ । ६ महिना पूरा हुन एक दिन बाँकी रहँदा १७ गतेका लागि राष्ट्रिय सभा अधिवेशन बोलाउने गरी सिफारिस गरिएको हो ।

संघीय संसदअन्तर्गत प्रतिनिधिसभा भने गत पुस ५ गते सरकारको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले विघटन गरिससकेकी छन् ।

प्रकाशित मिति : शनिबार, पुष ११ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij