काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेकपाको बैठक अहिले पेरिसडाँडामा जारी छ । दिउँसोदेखि शुरु भएको बैठकमा भावी रणनीति बन्ने बताइएको छ ।
बैठकमा अध्यक्षद्वय दाहाल र नेपालसहित वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतका नेताहरुको सहभागिता रहेको छ ।
बैठकले संगठन, जिम्मेवारी बाँडफाँट, आन्दोलनका आगामी कार्यक्रमबारे थप रणनीतिलगायतका विषयलाई टुङ्गोमा पुर्याउने एक नेताले बताए । ‘बैठक पेरिसडाँडामा जारी छ । भावी रणनीतिलगायतका विषयमा छलफल हुँदैछ’, ती नेताले भनेका छन् ।
प्रकाशित मिति : शनिबार, पुष ११ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्