पुस १९ गते नेकपा रुपन्देहीले बृहत अगुवा कार्यकर्ता भेला गर्ने

पुस १९ गते नेकपा रुपन्देहीले बृहत अगुवा कार्यकर्ता भेला गर्ने

बुटवल-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुपन्देहीलेयही पुस १९ गते बृहत अगुवा कार्यकर्ता भेलाको आयोजन ागर्ने भएको छ ।
नेकपा रुपन्देहीको जिल्ला कार्यालयको सोमबार बसेको बिस्तारित बैठकले पुस १९ गते बिहान ११ बजे पुष्पलाल स्मृती भवन बुटवलमा अगुवा कार्यकर्ता भेल ागर्ने निर्णय गरेको नेकपा रुपन्देहीका प्रवक्ता मोहन चापागाईंले जानकारी दिए ।
नेकपा जिल्ला कमिटी रुपन्देहीका अध्यक्ष शिवराज सुवेदीको अध्यक्षतामा बसेको बैठकले स्थानीय पालिका कमिटीहरुको बैठक यही पुस १४ गते दिउँसो २ बजे आयोजन ागर्न पन निर्देशन दिएको छ ।
त्यस्तै पुस १५ देखि १७ गतेसम्म उक्त वडामा रहेका सबै नेतृत्वको सहभागितामा वडास्तरीय बैठक बसी अगुवा भेलाको सूचना व्यवस्थित गर्न पनि निर्देशन दिएको छ । भेलालाई संबोधन गर्न वक्ताहरुको व्यवस्था मिलाउन इन्चार्जमार्फत केन्द्रीय कमिटीलाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको प्रवक्ता चापागाईले जानकारी दिए ।
बिस्तारित बैठकलाई संबोधन गर्दै केन्द्रीय सदस्य एवं रुपन्देही इन्चार्ज लिला गिरीले पार्टीलाई एकतावद्ध बनाइराख्नका लागि अगुवा कार्यकर्ता भेलाले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै अव पार्टी सुद्धृढीकरण अभियानमा लाग्नुपर्ने बताए ।
रुपन्देहीका सबै केन्द्रीय सदस्य सहभागी बैठकलाई नेकपा केन्द्रीय सदस्य एवं रुपन्देहीका सहइन्चार्ज एकराज विश्वकर्मालगायतले पनि संबोधन गरेका थिए ।

 

प्रकाशित मिति : सोमबार, पुष १३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij