बुटवल-नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पुर्वमन्त्री बालकृष्ण खाँणले सरकार काम चलाउ भइसकेको बताएका छन । नेपाल प्रेस युनियन रुपन्देहीले आज बुटवलमा गरेका पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता खाँणले काम चलाउ सरकारले दिर्घकालिन महत्वका कुनैपनि निर्णय गर्न नपाउने बताएका हुन । ‘काम चलाउ सरकारले दिर्घकालिन महत्वका कुनैपनि निर्णय गर्न पाउदैन । यदी गरयो भने त्यस्तो निर्णय काँग्रेसलाइ स्वीकार्य हुनेछैन’नेता खाँणले भने ।
पुर्वरक्षा मन्त्री समेत रहेका नेता खाँणले राष्ट्रपति कार्यालयले प्रधानमन्त्री कार्यालयको हल्काराको रुपमा काम गरेको टिप्पणी पनि गरे । संविधानको बर्खीलाप हुने गरी प्रम ओलीले व्यक्तिगत स्वार्थमा गरेका निर्णय तथा सिफारिसको मसी सुक्न नपाउदै राष्ट्रपतिले स्ट्याम्प लगाइदिएको भन्दै उनले राष्ट्रपति कार्यालयलाइ हल्लाकाराको संज्ञा दिएका हुन । ‘राष्ट्रपति संग बिषय बिज्ञ सल्लाहकारको टिम छ तर कसैसंग सल्लाह गर्नु हुन्न । ओलीले गर्ने जनहित र संविधान बिपरितका अध्यादेश,सिफारिसको मसीसुक्न नपाउदै स्ट्याम्प लगाएर पठाइदिनु हुन्छ’ नेता खाँणले भने ।
संविधानका कुनैपनि धाराले बहुमतको प्रधानमन्त्रीलाइ यथास्थितीमा संसद बिघटन गर्ने अधिकार नदिएको भन्दै उनले राष्ट्रपति र प्रधानमन्त्री मिलेर मुलुकलाइ एकदलिय सर्बसत्ताबाद तर्फ लैजान संसद बिघटनको कदम चालेको आरोप लगाए । सरकारले गरेका भ्रष्टाचार लुकाउन पनि संसद बिघटन गरेको बताए । निर्वाचनको मिती तोकेर संसद बिघटन गरीएपनि प्रम ओलीको मानसीकता बैशाखमा चुनाव गर्नु नरहेको भन्दै उनले कोरोनाको बहानामा संकटकाल लगाएर निर्वाचन सार्न सक्ने खतरा औल्याए ।
संविधान र लोकतन्त्रको रक्षा गर्दै मुलुकलाइ सहि दिशा दिन नेपाली काँग्रेस सडकमा निस्कीएको भन्दै उनले देश र जनताकालागि जस्तो सुकै बलिदान दिन काँग्रेस तयार रहेको बताए । पछिल्लो राजनीतिक अवस्था र प्रदेश सरकारहरुको फेरबदलका सम्बन्धमा उनले असंवैधानिक कदमको बिरोधमा रहेकाहरुसंगको सहकार्य पहिलो रोजाइ हुने बताए । काँग्रेसलाइ सत्तामा जाने हतार नभएपनि लोकतान्त्रिक पार्टी भएकाले ढोका थुनेर बस्न नमिल्ने भन्दै उनले परिस्थिती अनुरुपको सहकार्य हुन सक्ने तर्फ पनि संकेत गरे । लोकतन्त्र र संविधानको रक्षा गर्दै ट्रयाक बहिर गएकाहरुलाइ मुलधारमा ल्याउने दायित्व काँग्रेसको भएको र त्यसलाइ पुरा गर्ने बताए । कार्यक्रम युनियनका सभापती रेखा भुसालको अध्यक्षतामा र संचिव श्यामशंकर पाण्डेको संचालनमा सम्पन्न भएको थियो ।
प्रकाशित मिति : मंगलबार, पुष १४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्