प्रधानमत्री संकटकाल लगाउने दाउमा–बरिष्ठ उपसभापती खनाल

प्रधानमत्री संकटकाल लगाउने दाउमा–बरिष्ठ उपसभापती खनाल

कपिलबस्तु-मानव अधिकार तथा शान्ति समाजका बरिष्ठ उपसभापती गोविन्द खनालले प्रधानमन्त्री के.पि. ओलीले देशमा मुठभेड निम्ताएर संकटकाल लगाउने दाउमा रहेको आरोप लगाएका छन् । नियोजित रुपमा प्रतिनिधि सभा भंग गरेर प्रतिगमनको बाटो रोजेका ओलीले लोकतान्त्रीक व्यवस्था र संविधान असफल बनाउने खेलमा लोगेको स्पष्ट भैसकेको ठोकुवा समेत गरे । उनले सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बाट जोगाएर जनताका उपलब्धी गुम्न बाट बचाउनेमा विश्वास व्यक्त गरे ।
कपिलबस्तु जिल्ला शाखाले आज जितपुर–४ नं मा आयोजना गरेको विरोध सभामा केन्द्रय सदस्य कृष्ण पंगेनी, शाखा सभापति गोविन्द पोख्रेल, अधिकारकर्मी बुद्धि सागर बेल्बासे, माधव धिमिले लगायतले प्रधानमन्त्रीको अलोकतान्त्रिक असंवैधानिक र स्वेच्छाचारी कदमको विरोध गरेका थिए ।

 

प्रकाशित मिति : बुधबार, पुष १५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij