संसदीय दलको नेताबाट शेरधन राई हटाइए, चुनिए भीम आचार्य

संसदीय दलको नेताबाट शेरधन राई हटाइए, चुनिए भीम आचार्य

y

काठमाडौं – पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेकपाले प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईलाई संसदीय दलको नेताबाट हटाएको छ ।

मुख्यमन्त्री राईलाई हटाएर नेकपाले भीम आचार्यलाई नेताको रुपमा चयन गरेको छ । बिहीबार बसेको बहुमत सांसदको बैठकले राईलाई हटाएर आचार्यलाई चयन गरेको हो ।

प्रदेश नं. १ मा नेकपाका ६७ सांसद छन् । जसमध्ये ३७ जनाले राईविरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका छन् । आजको बैठकमा भने ३६ जना सांसदहरुको उपस्थिति रहेको थियो ।

राईविरुद्ध गत १२ गते अविश्वासको प्रस्ताव प्रदेश सचिवालयमा दर्ता भएको थियो ।

प्रकाशित मिति : बिहिबार, पुष १६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij