काठमाडौंको तापक्रम शून्य डिग्रीमा झर्‍यो, जुम्लाको माइनस ८

काठमाडौंको तापक्रम शून्य डिग्रीमा झर्‍यो, जुम्लाको माइनस ८

काठमाडौं – काठमाडौंको तापक्रम यो वर्षकै कममा झरेको छ । बिहान काठमाडौंको तापक्रम शून्य दशमलव ८ डिग्री सेल्सियसमा झरेको हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार यसअघि बुधबार काठमाडौंको न्यूनतम तापक्रम २ डिग्री सेल्सियस मापन गरिएको थियो । आज बिहान जुम्लाको तापक्रम माइनस ८ दशमलव ५ डिग्री मापन गरिएको छ ।

यस्तै दिपायलको शून्य दशमलव ३ डिग्री सेल्सियस, विरेन्द्रनगरको १ दशमलव ९ डिग्री सेल्सियस, ताप्लेजुङको २ दशमलव ७ डिग्री सेल्सियस, धनगढी र नेपालगन्जको ४ डिग्री सेल्सियस, पोखराको ४ दशमलव ४ डिग्री सेल्सियस र दाङ घोराहीको ४ दमलव ७ डिग्री सेल्सियसमा झरेको छ ।राति आकाश खुलेकाले बिहान धेरैको ठाउँको तापक्रममा गिरावट आएको मौसमविद्ले बताएका छन् । अहिले तराईका केही भू‍-भागमा हुस्सु कुहिरो लागेको छ भने बांकी भु-भागको मौसम सामान्यतया सफा छ ।

प्रकाशित मिति : बिहिबार, पुष १६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij