थप ५३४ जनामा कोरोना संक्रमण, ४४७ जना डिस्चार्ज

थप ५३४ जनामा कोरोना संक्रमण, ४४७ जना डिस्चार्ज

बुटवल ।
नेपालमा बिहीबार थप ५ सय ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार पिसिआर परीक्षण गर्दा ५ सय ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६० हजार ५ सय ९३ पुगेकोे छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप ४ सय ४७ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

नेपालमा हालसम्म निको हुनेको संख्या २ लाख ५२ हजार ३ सय ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ५६ पुगेको छ ।

हाल देशभर ६ हजार ३ सय ७८ जना सक्रिय संक्रमित रहेका छन् ।

देशभर हाल ३ सय ६२ जना क्वारेन्टाइनमा रहेका छन् ।

प्रकाशित मिति : बिहिबार, पुष १६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij