राष्ट्रिय सभाकाे अर्काे बैठक पुस २३ गते दिउँसाे १ बजे बस्ने

राष्ट्रिय सभाकाे अर्काे बैठक पुस २३ गते दिउँसाे १ बजे बस्ने

काठमाण्डाै – राष्ट्रिय सभाको अर्काे बैठक यही पुस २३ गते बस्ने गरी सकिएकाे छ । सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्काे बैठक पुस २३ गते दिउँसाे १ बजेका लागि बाेलाउनुभएकाे हाे ।

राष्ट्रपति विद्यादेवी भण्डारीकाे आह्वानमा शुक्रबारदेखि राष्ट्रिय सभाकाे बैठक सुरु भएकाे हाे । याे बैठकमा नेपाल कम्युनिस्ट पार्टी, नेपाली कांग्रेस र जनता समाजवादी दलका नेताहरूले आफ्ना मन्तव्य राख्दै प्रतिनिधि सभा विघटन गरिनु दुःखद भएकाे बताएका छन् ।

राष्ट्रिय सभाकाे याे बैठकले संविधान सभा, प्रतिनिधि सभा र राष्ट्रिय सभाका वर्तमान तथा पूर्व १० सांसदको विभिन्न समयमा भएको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पनि पारित गरेको छ ।

राष्ट्रिय सभाको शुक्रबारकाे बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गर्नुभएको यस प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको हो । स्व. सांसदहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्न बैठकमा एक मिनेट मौनधारण गरिएको थियो ।

बैठकले प्रतिनिधि सभा सदस्यद्वय सानु सिवा र सूर्यबहादुर केसी, राष्ट्रिय सभाका पूर्वसदस्यत्रय मेजर दीपकबहादुर गुरुङ, इन्द्रहाङ लिम्बु र प्रा. डा. राममान श्रेष्ठ, संविधान सभा सदस्यद्वय भीमप्रसाद गौतम र मानपुर चौधरी, प्रतिनिधि सभाका पूर्वसदस्य ओमकारप्रसाद गौचन र वीरबहादुर लामा एवं विसं २०६३/६४ को अन्तरिम व्यवस्थापिका संसदका पूर्वसदस्य कमानसिंह लामाको निधनमा शोक प्रस्ताव पारित गरेको हो ।

प्रकाशित मिति : शुक्रबार, पुष १७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij