दोस्रो चरणको आन्दोलन घोषणा गर्दै प्रचण्ड-नेपाल समूह

दोस्रो चरणको आन्दोलन घोषणा गर्दै प्रचण्ड-नेपाल समूह

काठमाडौं – प्रतिनिधिसभा विघटनपछि विभाजित नेकपाको प्रचण्ड-नेपाल समूहले सरकारविरूद्ध दोस्रो चरणको आन्दोलन घोषणा गर्दैछ । यसअघि मंगलबार काठमाडौंसहित देशभर विरोध प्रदर्शन गरेको उक्त समूहले दोस्रो चरणको देशव्यापी आन्दोलन घोषणा गर्न लागेको हो ।

आन्दोलन परिचालन गर्न गठित प्रवक्ता नारायणकाजी श्रेष्ठ नेतृत्वको समितिले अपराह्न ३ बजे पत्रकार सम्मेलनमार्फत दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्नेछ । प्रचण्ड-नेपाल समूहले सरकारको असंवैधानिक कदमविरुद्ध संयुक्त रूपमा संघर्षका कार्यक्रम गर्ने विषयमा अन्य दलसँग गरिएको छलफल गरेको थियो । तर तत्काल सहमति नबनेपछि आज एक्लैले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध दोस्रो चरणको आन्दोलन सार्वजनिक गर्ने भएको हो ।

अबको कार्यक्रममा वडादेखि पालिकासम्म र प्रदेशदेखि केन्द्रसम्म जनपरिचालन हुने गरी घोषणा हुने आन्दोलन परिचालन समितिले जनाएको छ । यस विषयमा छलफल गर्न समितिको बैठक बिहान ११ बजे बस्ने तयारी छ । प्रधानमन्त्री ओलीको सिफारिसमा यही पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि चुनाव (वैशाख १७ र २७) घोषणा गरेपछि सत्तारूढ नेकपा विभाजित बनेको छ ।

प्रकाशित मिति : शनिबार, पुष १८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij