काँग्रेसको केन्द्रीय समितिको बैठक बस्दै

काँग्रेसको केन्द्रीय समितिको बैठक बस्दै

s]Gb|Lo sfo{;ldltsf] a}7s sf7df8f}F, & k'; . g]kfnL sfFu|];sf] s]Gb|Lo sfo{;ldltsf] a}7s s]lG›o sfof{no ;fg]kfdf a:b} . t:jL/M /f]zg ;fksf]6f, /f;;

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक आइतबार बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि यसबारे औपचारिक धारणा र रणनीति तय गर्न रणनीति बनाउन कांग्रेस पुस ७ गतेदेखि केन्द्रिय समितिको बैठक बोलाएको हो ।

कांग्रेसले सरकारको कदमलाई असंवैधानिक, अलोकतान्त्रिक भनेको छ । यसअघि पुस १३ गते उक्त कदमविरुद्ध १६५ निर्वाचन क्षेत्रबाट विरोध गरेको थियो । यद्यपी कांग्रेसमा तत्काल आन्दोलनमा जाने कि अदालतको निर्णय पर्खने भन्नेमा नेताहरूबीच मतभेद छ । प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा भंग गरेको मुद्दा सर्वोच्चमा विचाराधीन छ ।

तर, प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको कदम विरुद्ध कांग्रेसमा एकमत रहेको बताएका छन् । ‘कांग्रेस असंवैधानिक र अलोकतान्त्रिक कदमको विपक्षमा छ, यदि त्यसो होइन भने किन सर्वदलीय बैठक राखिन्थ्यो ? १३ गते किन देशभर विरोध प्रदर्शन गरिन्थ्यो ?,’ शर्माले भने- ‘बाहिर आएका सबै कुरा सत्य नै हुन् भन्ने आधार छैन, हामी दबाबमूलक आन्दोलनमा छौं ।’

आजको बैठकले पनि सरकारको कदमविरुद्ध थप रणनीति तय गर्ने उनले बताए । साथै देशको पछिल्लो राजनीतिक अवस्था र कांग्रेको महाधिवेशनबारे पनि बैठकमा विमर्श हुनेछ ।

प्रकाशित मिति : आइतबार, पुष १९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij