काठमाडाैं – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले संसद विघटनविरुद्ध दाेस्राे चरणकाे संघर्षका कार्यक्रम घाेषणा गरेकाे छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरीअलोकतान्त्रिक र प्रतिगमनकारी कदम चालेकाे भन्दै अनेरास्ववियूले दाेस्राे चरणकाे संघर्षका कार्यक्रम घाेषणा गरेकाे हाे । अनेरास्ववियूका सह-संयाेजक रञ्जित तामाङद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएकाे छ- ‘असंवैधानिक रूपमा विघटन गरिएकाे प्रतिनिधि सभा पुनर्स्थापनाकाे माग गर्दै प्रतिगमनकारी कदम नसच्याउँदासम्म हाम्राे संघर्ष अझ सशक्त रूपमा अघि बढ्नेछ ।’
संघर्षका कार्यक्रम अन्तर्गत आज (मंगलबार) ओली सरकारका मन्त्रीहरुलाई कालो झण्डा देखाउने कार्यक्रम रहेको छ । त्यस्तै आजै प्रत्येक कलेजमा कालाे ब्यानर राखी विराेध प्रदर्शन र काेणसभा गर्नेछ । यस्तै मंसिर २२ गते उपत्यकामा लाल्टिन जुलुस र उपत्यका बाहिर आवश्यकता अनुसार लाल्टिन/सिठी/लाठी जुलुस गरिने, २३ गते देशव्यापी रूपमा प्रधानमन्त्रीकाे पुत्ला दहन गर्ने कार्यक्रम ताेकिएकाे छ ।
पुस २९ गतेसम्म बयलगाडा प्रदर्शनदेखि सडक नाटकसम्मका कार्यक्रम समेत ताेकिएका छन् ।

प्रकाशित मिति : मंगलबार, पुष २१ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्