सांसद विडारीद्वारा संवैधानिक परिषदसम्वन्धी अध्यादेश अस्वीकार गर्ने प्रस्ताव दर्ता

सांसद विडारीद्वारा संवैधानिक परिषदसम्वन्धी अध्यादेश अस्वीकार गर्ने प्रस्ताव दर्ता

काठमाडौं – राष्ट्रिय सभा सांसद रामनारायण विडारीले संवैधानिक परिषदसम्बन्धी अध्यादेश अस्वीकार गर्न राष्ट्रिय सभामा प्रस्ताव दर्ता गराएका छन् । विडारीले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले मंसिर २९ गते जारी गरेको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश अस्वीकार गर्न प्रस्ताव दर्ता गराएका हुन् ।

उक्त अध्यादेश पहिला पनि जारी भई फिर्ता भएको र संसदको अधिवेशन छ महिनामा बोलाउनु पर्नेमा त्यसो नगरी अध्यादेश जारी गरी संसद छल्ने काम भएकाे उनकाे प्रस्तावमा उल्लेख छ । प्रस्तावमा भनिएकाे छ- ‘संविधानको धारा २८४ को प्रावधानअनुरूप मुलुकका उच्चपदस्थ पदाधिकारीहरू रहने व्यवस्था र तिनीहरूबाट महत्वपूर्ण राज्यका अंगमा नियुक्ति हुने व्यक्ति–पदाधिकारीबारे निर्णय गर्ने अवस्थामा तात्विक असर पर्ने गरी संविधानको उक्त धाराको उद्देश्यमा नै प्रहार हुने भएकाले राष्ट्रिय सभा नियमावलीको नियम ८९ बमोजिम अध्यादेश अस्वीकार गर्ने प्रस्ताव पेस गर्दछु ।’

राष्ट्रिय सभाको हिउँदे अधिवेशन गत शुक्रबारदेखि सुरू भइसकेकाे छ । शुक्रबारको बैठकमा सरकारले उक्त अध्यायदेश पेस गरेको थियो । अध्यादेशमा संवैधानिक परिषदले अध्यक्षसहित तीन जनाको बैठक बसेर निर्णय गर्ने सक्ने व्यवस्था गरिएको थियो। यसअघि ६ सदस्यीय परिषदको बहुमतले निर्णय गर्नुपर्ने व्यवस्था थियो ।

प्रकाशित मिति : मंगलबार, पुष २१ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij