काठमाडौं – अमेरिकाको राजधानी सहर वाशिङ्टन डीसीमा भएको हिंसात्मक घटनामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ ।
गत नोभेम्बरमा भएको राष्ट्रपति निर्वाचनमा जो बाइडनको जित भएको औपचारिकताको लागि बुधबार कंग्रेसको बैठक चलिरहेको समयमा क्यापिटल हल बाहिर ट्रम्पका समर्थकहरुले प्रदर्शन गरेका थिए ।
वाशिङ्टनका मेयरले दिएको जानकारीअनुसार जबरजस्ती बैठकमा छिर्न खोज्ने एक महिलाको प्रहरीको गोली लागेर मृत्यु भएको छ । त्यस्तै उक्त हिंसात्मक प्रदर्शनको क्रममा मृत्यु हुने अन्य तीन जनामा दुई पुरुष र एक महिला छन् ।
उक्त घटनामा प्रहरी विभागका १४ जना मानिसहरु घाइते भएका छन् भने दुई जनालाई अस्पताल भर्ना गरिएको छ ।
उक्त घटनाको कारण स्थगित भएको कंग्रेसको बैठक भने सुरु भइसकेको छ ।
प्रकाशित मिति : बिहिबार, पुष २३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्