प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

बैठक १२ः१५ बजे बस्ने प्रधानमन्त्री ओलीका सञ्चारविज्ञ रामशरण बजगाइँले थाहाखबरलाई जानकारी दिए।  प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री ओलीले आजै राष्ट्रियसभामा सम्बोधन गर्दैछन्। राष्ट्रिसभा बैठकमा जानु अघि ओलीले मन्त्रिपरिषद् बैठक डाकेका हुन्।

बैठकमा गत पुस १७ गते सुरु भएको राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्य गर्ने विषयमा छलफल हुने बताइएको छ।  मन्त्रिपरिषद् बैठक भोली पनि बस्दैछ। सम्भवतः भोली बस्ने मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने बताइएको छ।

प्रकाशित मिति : आइतबार, पुष २६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij