भैरहवा-जेसि आई सिद्धार्थ नेपाल को ४६ औ पदस्थापना सम्पन्न भएको छ ।
पदस्थापना मा वर्ष २०२० का अध्यक्ष भुवन राणाले वर्ष २०२१ का अध्यक्ष जीवन पौडेल लाई पद हस्तान्तरण गर्नुभएको हो ।
अधिवेशन बाट दुई कार्यकारीणी उपाध्यक्ष पदमा युवराज श्रेष्ठ र पंकज यादव, चार उपाध्यक्ष पदमा गणेश शर्मा, देवराज भण्डारी,सागर झा,विष्णु निषाद निर्बिरोध निर्वाचित भएको जेसीआई सिद्धार्थ नेपाल का पुर्व अध्यक्ष तथा निर्वाचन समिति का संयोजक साजन जंग राणा ले जानकारी गराउनु भयो ।
जेसीआई सिद्धार्थ नेपाल को बिधान अनुसार महासचिव, कोषाध्यक्ष र कानुनी सल्लाहकार पदमा भने अध्यक्षले मनोनित गर्ने व्यबस्था अनुसार महासचिव मा संचित भटटराई,कोषाध्यक्ष मा हुमाकान्त भुषाल, कानुनी सल्लाहकार मा उज्जवल जोशी मनोनित हुनु भएको छ ।
कार्यक्रम मा नवनिर्वाचित अध्यक्ष पौडेल ले वार्षिक कार्ययोजना पेश गर्नुभएको थियो ।
कार्यक्रम मा नेपाली काँग्रेस लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक फकरुद्धिन खानले जेसीजले लिएको मुलमन्त्र बिधिको शासन स्थापित गर्नको लागि आफू पनि आफ्नो ठाउँबाट लागि परेको बताउनु भयो ।
सचेतक खान ले देश व्यक्ती को लहड मा नभएर बिधि को शासन मा हिडनु पर्ने बताउनु भयो । सचेतक खान ले नव निर्वाचित कार्य समिति लाई शुभ कामना दिदै नेतृत्व विकास तथा सिर्जनसिल कार्य मा लाग्न आग्रह गर्नु भयो ।
कार्यक्रम मा नेपाली काग्रेस सिद्धार्थ नगर सभापति दिलिप धिताल, जेसीआई सिद्धार्थ नेपाल का पुर्व अध्यक्ष साजन जंग राणा, जेसीआई सिद्धार्थ नेपाल का पुर्व अध्यक्ष संजिव शर्मा रेग्मी, सिद्धार्थ नगर नगर पालिका वडा नम्बर ८ का वडा अध्यक्ष राजन जंग राणा लगायत ले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रम को सञ्चालन सदस्य अच्युत ज्ञवाली ले गर्नुभएको थियो ।
प्रकाशित मिति : आइतबार, पुष २६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्