बुटवल – नेपाली कांग्रेसका नेता तथा केन्द्रीय सदस्य चन्द्र भण्डारीले सर्वोच्चमा विचाराधिन विषयमा बोलेर प्रभाव पर्न खोज्नु गलत भएको बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली देखि पूर्व प्रधानन्याधिसहरु बोलेर गलत गरेको उनको टिप्पणी छ । विधिको शासन र व्यवस्थाप्रति विस्वास गर्नेहरुले नै संसद विघटनका बारेमा सर्वोच्चमा विचाराधिन अवस्थामा रहेको विषयमा बोलेर खिल्ली उडाएको नेता भण्डारीको तर्क छ । रिपोटर्स क्लबले सोमबार बुटवलमा गरेको कार्यक्रममा उनले संसद विघटनको विषयमा सर्वोच्चले गर्ने फैसलालाई मान्नु पर्ने बताए । ‘संसद विघटन गर्न पाउने बारे अहिलेको संविधानमा कहि पनि उल्लेख गरिएका छैन, त्यसैले संविधानमा रहेका अस्पष्टता बारे व्याख्या गर्ने सर्वोच्च अदालतले हो ।’ (उनले भने, सर्वोच्चले जे व्याख्या गर्छ त्यसलाई स्वीकार्नु पर्छ । वर्तमान सरकारले जनताका पक्षमा काम गर्न नसकिरहेको अवस्थामा केपी ओलीले संसद विघटन गर्नु सकारात्मक भएको उनले बताए । ‘करिव दुई तिहाई बहुमतको सरकार बनाएको सत्तारुढ दल नेकपामा जनताका बारेमा भन्दा बढी पदकै लागि झगडा भइरह्यो, उनको सरकारले कुनै काम गर्न नसक्ने भएपछि संसद विघटन गरेर चुनावमा जाने निर्णय गर्नु सकारात्मक हो ।’(भण्डारीले भने । उनले सर्वोच्चको फैसलासंगै देशले एउटा निकास पाउने अपेक्षा पनि गरे । कि त चुनावको तयारीमा अघि बढ्छ देश कि त पुनस्थापना भएसंगै अर्को सरकारका लागि सदनमा प्रक्रिया शुरु हुन्छ ।
प्रकाशित मिति : सोमबार, पुष २७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्