काठमाडौं – पछिल्ला केहि दिनयता निरन्तर ओरालो लागेको सुनचाँदीकाे मूल्य आज (मंगलबार) बढेकाे छ । अघिल्लाे दिन साेमबारकाे तुलनामा मंगलबार ६ सयले सुनकाे मूल्य वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन ९२ हजार ८ सय रूपैयाँमा काराेबार भइरहेकाे छ । साेमबार छापावाल सुनकाे मूल्य ९२ हजार २ सय ताेकिएकाे थियाे । यस्तै साेमबार ९१ हजार ७ सयमा काराेबार भएकाे तेजाबी सुनकाे मूल्य आज ९२ हजार तीन सय कायम भएकाे महासंघले जनाएकाे छ ।
चाँदीकाे मूल्य पनि आज बढेकाे छ । चाँदीकाे मूल्य मंगलबार तोलाको १२ सय ५० रुपैयाँ कायम गरिएकाे छ । याे मूल्य साेमबारकाे तुलनामा २० रूपैयाँ बढी हाे ।
प्रकाशित मिति : मंगलबार, पुष २८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्