रोटरी र रोट्र्याक्ट क्लब अफ लुम्बिनी स्टार्सद्वारा ट्र्याकसुट वितरण

रोटरी र रोट्र्याक्ट क्लब अफ लुम्बिनी स्टार्सद्वारा ट्र्याकसुट वितरण

बुटवल – बुटवलमा स्थापित रोट¥याक्टका पूर्व अध्यक्षहरुद्वारा स्थापित रोटरी क्लब अफ लुम्बिनी स्टार्स र रोट¥याक्ट क्लब अफ लुम्बिनी स्टार्सद्वारा देवदह नगरपालिका वडा नं. १० चरङ्गेस्थित सिता माध्यमिक विद्यालयमा गरिब तथा असहाय विद्यार्थी भाईबहिनीहरुका लागि ट्र्याक सुट वितरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको अध्यक्षता रोटरी क्लब अफ लुम्बिनी स्टार्सका अध्यक्ष बालकृष्ण पाण्डे र रोट्र्याक्ट क्लब अफ लुम्बिनी स्टार्सका कार्यभाग अध्यक्ष मुक्तिराम भण्डारीको संयुक्त अध्यक्षतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा कार्यक्रमका अध्यक्षद्वयले आफूभन्दा कम भाग्यमानी विद्यार्थीहरुलाई सहयोग गर्न पाउँदा आफू लगायत आफ्नो क्लब अत्यन्तै खुसी भएको कुरा व्यक्त गर्नु भएकोे थियो । विगतका दिनहरुमा पनि उक्त स्कुलमा अध्यक्षद्वय बालकृष्ण पाण्डे र मुक्तिराम भण्डारी लगायत उहाँहरुको टिमले विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको थियो । कार्यक्रममा प्रमुख अथिति सिता माध्यमिक विद्यालयका प्राचार्य महेश थैव , विशिष्ट अथितिमा क्लबका संस्थापक अध्यक्ष यादव भण्डारी लगायत अतिथिहरु रहनुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि थैवले रोटरी र रोट्र्याक्ट क्लब अफ लुम्बिनी स्टार्सलाई आभार ब्यक्त गर्दै क्लबको उत्तउत्तोर प्रगतीको शुभकामना समेत ब्यक्त गर्नुभएको थियो । कार्यक्रमका बिशिस्ट अतिथी भण्डारीले शैक्षिक उन्ययन गर्न पाउँदा हर्सबिभोर रहेको बताउदै रोटरी र रोट्र्याक्टले मानवसेवा गरिराख्ने बताउनुभएको थियो । रोट्र्याक्ट क्लब लुम्बिनी स्टार्सका निर्वाचित अध्यक्ष मुक्ति भण्डारीको स्वागत मन्तव्य तथा रोटरी क्लब अफ लुम्बिनी स्टार्सका निर्वाचित अध्यक्ष सुमन बस्यालले धन्यवाद ज्ञापन गर्नुभएको थियो । यसै गरी कार्यक्रम संचालक रोटरी क्लब अफ लुम्बिनी स्टार्सका निर्वाचित सचिव प्रकाश खरेलको संचालकमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : शुक्रबार, माघ ९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij