काठमाण्डौ – प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिट निवेदनमाथि बिहीवार (आज) पनि बहस भइरहेको छ । संविधानमा नभएको अधिकार प्रयोग गरेर प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेको दाबीसहित परेका १३ वटा रिटमाथि माघको ४ गतेदेखि सर्वोच्च अदालतको संवैधानिक इजलासमा निरन्तर बहस भइरहेको छ ।
बिहीवारको बहसको सुरुमा अधिवक्ता गोपालकृष्ण घिमिरेले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भएकाले खारेजीको माग गर्नुभएको छ । उहाँले अञ्जु पन्तको न बिर्से तिमिलाई, न पाएँ तिमिलाई गीत स्मरण गर्दै नेपालको संविधान न बिर्सन सकिने न संविधान पाए जस्तो महसुस गर्न सकिने पनि बताउनुभएको छ ।
यसैबीच प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि बहस गर्ने अधिवक्ताले अब जम्मा १५ मिनेटको समय पाउने भएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले एउटै अधिवक्ताले लामो समय लिएर बहस गर्दा सुनुवाइ निकै लामो समयसम्म जाने भएको भन्दै जम्मा १५ मिनेटको समय निर्धारण गर्नुभएको हो ।
गएकाे माघ ४ गतेदेखि बहस सुरु हुँदा समय निर्धारण गरिएको थिएन, केही दिनअघि आधा घण्टा समय तोकिएकोमा बिहीवार (आज) देखि भने १५ मिनेट समय तोकिएको हो ।
प्रकाशित मिति : बिहिबार, माघ १५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्