JanataToday.com

Advertisment

SKIP THIS

महामारी पूर्वतयारी प्रशिक्षण

महामारी पूर्वतयारी प्रशिक्षण

 बुटवल – नेपालमा कोभिड जस्तै महामारी आइलागे त्यस्का बिरुद्ध कसरी जुटने भन्ने वारेमा सरोकारवालाको क्षमता अभिबृद्धि गराउने उद्धेश्यले शुक्रवार भैरहवामा अन्तरकृया गरेका छन । कोभिड वा त्यस्तै महामारीलाई न्यूनिकरण गर्न सरकारले र निजि क्षेत्रले गरेको तैयारीका बारेमा रुपन्देहि भित्रका स्वास्थ्यकर्मी र सरोकारवाला निकायका बिचमा बिज्ञ राखेर छलफल गरिएको हो । कोभिड जस्तै महामारी आइलागेमा नियन्त्रणकालागि संसारले शुरु गरेका पछिल्ला उपलब्धि, नेपालमा समेत तिन दिन अघिवाट शुरु भएको कोरोना खोप र निजि क्षेत्रले खेलेको भूमिका बारेमा छलफल भएको हो । भैरहवामा शुक्रवार सम्पन्न महामारी पूर्व तैयारीको अबस्थाका बारेमा भएको छलपलमा स्वास्थ्य मन्त्रालय अन्तरगत स्वास्थ्य आपतकालिन कार्य संचालन केन्द्रका प्रमुख डा समिर अािधकारी बिज्ञ, चौधरी फाउण्डेशनका प्रतिनिधि अषेश बराल र स्वास्थ्य र महामारी रोग नियन्त्रणका क्षेत्रमा काम गरेका बिज्ञहरुले क्षमता अभिबृद्धि तालिम दिएका हुन । स्वास्थ्य क्षेत्रमा कार्यरत स्थानीय स्वास्थ्यकर्मी तथा मानवीय सेवामा कार्यरत विभिन्न संघसंस्थाहरुको क्षमता अभिवृद्धिका लागि उक्त अभिमुखीकरण कार्यक्रम संचालन गरिएको हो । स्वास्थ्य आपतकालका बेला जनस्वास्थ्य सम्बन्धी जोखिम न्युनिकरण र नेपाल जस्तो अति कम विकसित र जनस्वास्थ्य क्षेत्रमा सिमित पूर्वाधार भएको मुलुकमा सो अवस्थाको पूर्व तयारीका निम्ति जनस्वास्थ्य एवं मानविय सेवा क्षेत्रमा कार्यरत जनशक्तिको क्षमता अविबृद्धि गर्ने उदेश्यका साथ उक्त कार्यक्रम गरिएको चौधरी फाउण्डेशनका सहप्रबन्धक आयोजकले जनाएको छ । डा समिर अधिकारीले कोरोन खोप लगाएका ब्यक्तिमा कम्तीमा २ वर्ष खोपले काम गर्ने जानकारी दिए । उनले एडस, हेपाटाएटिस र प्लाज्मा थेरापी गरेका ब्यक्तीमा बिषेशज्ञ चिकित्सकको सल्लाहमा मात्र कोरोना खोप लगाउन सुझाब दिए । उनले सरकारले आगामि दिनमा कोरोना वा त्यस्तै अन्य महामारी आइपरे गर्नुपर्ने तैयारीका बारेमा सरकार र चौधरी फाउण्डेशन जस्ता निजि क्षेत्रका संस्थाहरुसंग हातेमालो गरेर अघि बढने बातावरण बनाइने जानकारी दिए । त्यस्तै चौधरी फाउण्डेसनका सहप्रबन्धक अशेष बरालले नेपालमा भूकम्प र कोरोना महामारीका बेला चौधरी फाउण्डेशनले सरकारलाई गरेको सहयोगको स्मरण गरे । उनले कोरोना अबधिमा फाउण्डेशनले सरकार र हरेक प्रदेशका सरकारी अस्पतालाई पिपिई, भेन्टिलेटर र स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको जानकारी दिए । फाउण्डेशनले माघ पहिलो सातादेखि ७ वटै प्रदेशमा महामारी पुर्व तैयारी सम्बन्धि स्थानिय स्वास्थ्यकर्मी र मानविय क्षेत्रमा कार्यरत संघ संस्थाको क्षमता अभिबृद्धि प्रशिक्षण शुरु गरेको छ ।

प्रकाशित मिति : शुक्रबार, माघ १६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij