काठमाडौँ – कोभिड-१९ विरुद्धको खोप अभियानको चौथो दिनसम्ममा ६४ हजारभन्दब बढीले खोप लगाएका छन् । ७७ वटै जिल्लामा सुरु गरिएको अभियान अन्तर्गत शनिबारसम्म ६४ हजार ४२२ जनाले खोप लगाएका हुन् ।
शनिबारमात्रै ७७ जिल्लाका १ सय ४३ खोप केन्द्रहरुबाट १४ हजार ८ सय ९४ जनाले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये प्रदेश १ मा १ हजार ५ सय ४७, प्रदेश २ मा २ हजार १ सय १०, बागमतीमा ५ हजार ४ सय २, गण्डकीमा १ हजार ८ सय ८७, लुम्बिनीमा २ हजार ६३, कर्णालीमा ९ सय ५५ र सुदूरपश्चिम प्रदेशमा ९ सय ३० जनाले खोप लगाएका छन् ।
मन्त्रालयका अनुसार खोप लगाएका केही व्यक्तिहरुमा सामान्य असरहरु देखिएपनि ती असरहरु केही समयपछि आफै निको भएको छ । यद्यपि हालसम्म कसैलाई पनि जटिल स्वास्थ्य समस्या नदेखिएको छैन । ढुक्क भएर खोप लगाउन मन्त्रालयले सबैमा आग्रह गरेको छ ।
प्रकाशित मिति : आइतबार, माघ १८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्