बुटवल ।
लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले राष्ट्रिय तहमा आएको राजनीतिक उतार चढावले विकासको कामलाई प्रभावित नहुने बताएका छन् ।
मुख्यमन्त्री पोखरेलले राष्ट्रिय राजनीतिमा चलिरहेको बहसलाई नबुझी प्रदेश तथा स्थानीय तहमा धारणा बनाईनु र केन्द्रमा देखिएको विवादमा तरंगित हुने प्रवृत्ति गलत भएको बताएका हुन्।
आईतबार रूपन्देहीको मणिग्राममा आयोजित प्रदेश समन्वय परिषद्को चौथो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले स्थानीय र प्रदेश तहको नेतृत्व व्यक्तिगत र गुटगत स्वार्थका लागि केन्द्रको नेतृत्व तहमा उत्पन्न विवाद र आलोचनाहरुको पछि लाग्न नहुने बताए ।
राजनीतिक स्थायित्वका लागि स्थानीय र प्रदेश तहबाट केन्द्रलाई फरक खालको सन्देस दिनुपर्ने आवश्यकता औंल्याउँदै मुख्यमन्त्री पोखरेलले लुम्बिनी प्रदेशको विकास निर्माणमा केन्द्रको विवादको कुनै प्रभाव पर्न नदिने र विकास निर्माणको काममा एक भएर लाग्नुपर्ने बताए ।
मुख्यमन्त्री पोखरेलले प्रतिनिधिसभा र नेकपा विवाद सर्वोच्च अदालत र निर्वाचन आयोगमा पुगिसकेकोले त्यसको निरुपणका लागि पनि संवैधानिक अंगप्रति भरोसा गर्नुपर्ने बताए। बैठकमा प्रदेशका सबै जिल्ला समन्वय समितिका प्रमुख तथा प्रदेश समन्वय परिषद्मा आवद्ध पालिकाका प्रमुखको सहभागिता रहेको थियो।
प्रकाशित मिति : आइतबार, माघ १८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्