JanataToday.com

Advertisment

SKIP THIS

तेश्रो सैनामैना मेयर कप नकआउट फुटवल प्रतियोगिता,बिजेताले २ लाख २२ हजार पाउने

तेश्रो सैनामैना मेयर कप नकआउट फुटवल प्रतियोगिता,बिजेताले २ लाख २२ हजार पाउने

सैनामैना
सैनामैना नगरपालिकाको आयोजना तथा जनप्रिय स्पोर्टिङ्ग युवा क्लब,सैनामैना-७ देवापारको व्यबस्थापनमा तेश्रो संस्करणको रुपमा तेश्रो सैनामैना मेयर कप नकआउट फुटवल प्रतियोगिता संचालन हुने भएको हो।
देशभरका १२ फुटवल टिमहरु सहभागी हुने उक्त प्रतियोगोतामा प्रथम हुने बिजेता टिमले २ लाख २२ हजार २ सय २२ रुपैया नगद पुरस्कार सहित कप र मेडल प्राप्त गर्ने जन प्रिय स्पोर्टिङ्ग युवा क्लबका अध्यक्ष किशोर रानाले पत्रकार सम्मेलन मार्फत जानकारी दिनु भएको छ।
यस्तै प्रतियोगितामा उपविजेता हुने टिमले १ लाख ११ हजार १ सय ११ रुपैया नगद पुरस्कार सहित कप र मेडल प्राप्त गर्ने र सेमिफाइनल सम्म पुग्ने दुई टिमलाई नगद २०/२० हजार रुपैया प्राप्त गर्नेछन।
१४ दिन सम्म संचालन हुने सो तेश्रो सैनामैना मेयर कप प्रतियोगिता संचालन गर्दा करिब १३ लाख रुपैया खर्च हुने प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई नगद १० हजार नगद पुरस्कार प्राप्त गर्ने व्यबस्थापक जनप्रिय स्पोर्टिङ्ग क्लबले जानकारी दिएकोछ।
प्रतियोगितामा हुने खर्च मध्ये ७ लाख रुपैया नगरपालिकाले खर्च व्यहोर्ने छ भने बाकी खर्च ब्यबस्थापक क्लबले विभिन्न सहयोगीदाता र संस्था अनि पुरस्कार सौजन्यकर्ताहरुबाट व्यबस्थापन गर्ने क्लबका अध्यक्ष किशोर रानाले जानकारी दिएका छन।
तेश्रो सैनामैना मेयर कप नकआउट प्रतियोगिता स्थानिय बिधालयको खेल मैदानमा संचालन हुने भएपनि आगामी बर्षको चौथो सैनामैना मेयर कप प्रतियोगिता राष्ट्रियस्तरको रंगशालामा राष्ट्रियस्तरको खेलाडीहरु बिचको प्रतियोगिता संचालन गर्न संघिय सरकारको बहुबर्षिय बजेट योजनामा प्याराफिट सहितको प्रतियोगिता संचालन गर्ने गरि योजनालाई तिव्रता दिइदै आइरहेको आयोजक संस्थाका सैनामैना नगरपालिकाका मेयर चित्र बहादुर कार्कीले बताउनु भएको छ।
यस्तै नगर प्रमुख कार्कीले सैनामैनालाई खेलकुदको हव बनाउनलाई आर्चरी देखि क्रिकेट सहित फुटवल खेल प्रतियोगिता संचालन गर्न र सैनामैनामा व्यबसायिक खेलाडी उत्पादन गर्न सैनामैना नगरपालिकाका निजि स्तरबाट संचालित गरिएको खेलकुद एकेडेमीको महत्वपुर्ण भुमिका प्रति प्रशंसा गर्दै निजिस्तरबाट संचालित खेलकुद प्रतियोगिता र एेकेडेमी प्रशिक्षणले खेलाडीमा उत्साहित बनाएको महसुस गरेको बताउनु भयो।
राज्यको चौथो अंगको रुपमा रहेको पत्रकारितामा सैनामैनामा बिधागत पत्रकारिताको बिकास गर्न संचारकर्मीहरुलाई आग्रह गर्दै नगर प्रमुख कार्कीले सैनामैनाको शैक्षिक,आर्थिक,बिकास,खेलकुद,कृषि लगायत बिषयमा पत्रकारिता गरी नगरपालिकालाई उत्साहित गर्ने पत्रकारहरुलाई बार्षिक रुपमा सम्मान गरिने समेत प्रतिबद्धता ब्यक्त गरे।
स्थानिय सरकारको सहकार्यमा पहिलो पटक संचालित प्रतियोगितामा उत्कृष्ट स्ट्राइकर,डिफेण्डर,गोलकिपर,मिड फिल्डर,प्रशिक्षक,सर्वाधिक गोलकर्तालाई जनही ५ हजार नगद पुरस्कार प्राप्त गर्ने क्लबका अध्यक्ष रानाले बताएका छन। प्रतियोगितामा दोश्रो सैनामैना मेयर कप नकआउट प्रतियोगिताको बिजेता फर्साटिकर युवा क्लब,उप बिजेता भैरव एफ सि नवलपरासी,बिश्वशान्ती युवा क्लब,सालझण्डी,मुर्गिया एपल सि सैनामैना,कपिलबस्तु जिल्ला फुटबल संघ,फोर ब्रदर्स,नवलपरासी,फुलबारी गाईज रुपन्देही,खनाल ब्रदर्श,रुपन्देही,कञ्चन एफ सी,कञ्चन,चापाकोट युनईटेड र बुद्धभुमी फुटवल एकेडेमी गरि १२ टिम सहभागी हुनेछन।प्रतियोगिता अबधीभर १६ हजार दर्शकले अबलोकन गर्ने आयोजकले जनाएकोनछ।

प्रकाशित मिति : बुधबार, माघ २१ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij