काठमाडौं – नेपाली कांग्रेसनिकट १८ वटा शुभेच्छुक संस्थाले आज देशभर विरोध प्रदर्शन गरेका छन्। प्रतिनिधिसभा विघटनविरुद्ध पार्टी केन्द्रीय समितिको निर्णयअनुसार उनीहरुले आज ७७ वटै जिल्लामा प्रदर्शन गरेका हुन्।
माघ १३ गतेको पार्टी केन्द्रीय कार्यसमिति बैठकले सरकारविरुद्धको तेस्रो चरणको आन्दोलनमा भ्रातृ संगठन र शुभेच्छुक संगठनहरुलाई देशभर प्रदर्शनमा उतार्ने गरेको निर्णयअनुसार आन्दोलन गरिएको कांग्रेसले जनाएको छ। शुभेच्छुक संस्थाहले काठमाडौंको टुँडिखेलसहित सबै जिल्लामा मौन रुपमा सांकेतिक विरोध प्रदर्शन गरेका छन्।
टुँडीखेलमा उनीहरुले मानव साङ्लो बनाएर आधा घण्टा मौन प्रदर्शन गदै बाहिरी भाग घेराउ गरिएको कांग्रेसको शुभेच्छुक संस्था समन्वय विभागका संयोजक एनपी सावदले जानकारी दिए।
भ्रातृ संस्थाका केन्द्रीय कार्यसमितिहरुले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै प्रदर्शनमा आउँदा अनिवार्य मास्क प्रयोग गर्न र सामाजिक दूरी कायम राख्न निर्देशन दिएका थिए। यसअघि मातृ पार्टीको निर्देशनअनुसार कांग्रेसका १३ भ्रातृ संगठनहरु सोमबार देशभर प्रदर्शन गरेका थिए।
प्रकाशित मिति : शनिबार, माघ २४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्