ओली प्रधानमन्त्री बनेदेखि नै संविधान विपरीतका काम गर्न सुरु भएको छ :कांग्रेसका नेता खांण

ओली प्रधानमन्त्री बनेदेखि नै संविधान विपरीतका काम गर्न सुरु भएको छ :कांग्रेसका नेता खांण

भैरहवा।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व मन्त्री बालकृष्ण खांणले केपी शर्मा ओली प्रधानमन्त्री बनेदेखि नै संविधान विपरीतका काम गर्न सुरु गरेको आरोप लगाएका छन् ।
प्रधानमन्त्री बनेलगत्तै ओलीले प्रेस र अभिव्यक्ति स्वतन्त्रतामाथि बन्देज लगाउने कानून बनाउने कार्यमा लागेको उनले बताए ।

लुम्बिनी प्रेस क्लबद्धारा मंगलबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै खांणले प्रधानमन्त्री ओलीले राष्ट्रिय मानवअधिकार आयोग र राष्ट्रिय सुरक्षा परिषदलाई कमजोर बनाउने विधेयक ल्याएको आरोप समेत लगाए ।

संविधानको प्रतिकुल हुनेगरी प्रधानमन्त्री ओलीले थुप्रै विधेयक ल्याएको बताउदै खाँणले भने‘सेनालाई एक्लै चलाउने खालको विधेयक ल्याउनुभयो, पछिल्लोपटक त झनै राष्ट्रिय सुरक्षा परिषदको अध्यादेश संविधानविपरीत ल्याउनुभयो ।’ धेरै ठूलो दबाब आएपछि ओलीले विधेयक फिर्ता लिन बाध्य भएको उनको भनाई थियो ।

प्रतिनिधिसभा बिघटन बिरुद्ध नेपाली कांग्रेसले गाउँ, नगर, पालिका र वडा स्तरमा समेत विरोधका कार्यक्रमहरु गर्दै आएको भन्दै नेता खाँणले आगामी फागुन ३ गते ७७ वटै जिल्लामा विरोध प्रदर्शन गरिने बताए ।

पुस ५ गते प्रधानमन्त्रीले संसद विघटनको प्रस्ताव राष्ट्रपति समक्ष लगेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले ट्वीटमार्फत यो प्रस्ताव अलोकतान्त्रिक, असंवैधानिक कदम हो भनेर धारणा सार्वजनिक गरेको स्मरण गराउदै खाँणले सोही धारणानै कांग्रेसको साझा धारणा भएको दाबी गरे ।

संसद विघटनको मुद्दामा न्यायपालिकाले संविधानसम्मत र संविधानको प्रावधान अनुसार नै उचित निर्णय गर्ने कांग्रेसको आशा र विश्वास रहेको भन्दै खाँणले संविधानमा प्रष्ट व्याख्या नभएको अवस्थामा भने न्यायपालिकाले संविधानको व्याख्या गर्ने बताए ।

उनले कांग्रेसले निर्वाचनलाई अवसर भन्दा पनि संविधानको रक्षा कसरी हुन्छ भन्ने विषयमा चिन्तित रहेको उल्लेख गरे ।

संविधानको रक्षा गर्ने जिम्मेवारी र दायित्व कांग्रेसको कांधमा आएको भन्दै खाँणले नेपाली जनताले कुनै किसिमको तानाशाह र सर्वसत्तावाद नस्वीकार्ने विचार व्यक्त गरे ।

मुलुक सही दिशामा फर्किन्छ भन्नेमा कांग्रेस विश्वस्त रहेको भन्दै उनले संवैधानिक परिषद्को नियुक्तिमा कांग्रेसको उपस्थिति नभएकोले सोे निर्णयमा पार्टीको सैद्धान्तिक असहमति रहेको जानकारी गराए ।

संवैधानिक परिषदको नियुक्तिमा पनि न्यायालयले उचित निर्णय गर्नेमा आफु विश्वस्त रहेको खाँणको भनाई थियो ।

लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश के।सी।को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : मंगलबार, माघ २७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij