भेटनरी शिक्षण अस्पताल अन्य ठाँउमा स्थानान्तरणको बिरोध

भेटनरी शिक्षण अस्पताल अन्य ठाँउमा स्थानान्तरणको बिरोध

 

बुटवल

भैरहवामा रहेको कृषि तथा पशु विज्ञान अध्ययन संस्थान पक्लिहवा क्याम्पसको हाताभित्र रहेको पशु चिकित्सा शिक्षण अस्पताल (भेटेरिनरी अस्पताल) अन्य ठाउँमा स्थानान्तरण गर्न लागिएको भन्दै स्थानीयले विरोध जनाएका छन् । उनीहरुले षडयन्त्रपूर्वक विभिन्न बहानामा भैरहवा क्षेत्रकै गौरव पशु शिक्षण अस्पताल अन्यत्र सार्ने विषयमा आफुहरुको गम्भिर ध्यानाकर्षण भएको बताएका छन् । भेटेरिनरी अस्पतालको सम्पूर्ण संरचना तयार भइ पूर्ण रुपमा सञ्चालन नभएसम्म कुनै पनि बहानामा अस्पतालको युनिट, एक्सटेन्सन, कम्युनिटी आउटरिच प्रोगामको नाउमा अन्य ठाउँमा निर्माण गर्न खोज्ने र चाहने कार्य आफुहरुलाई मान्य नहुने स्थानीय सुशील गुरुङले बताए । उनले पक्लिहवा कृषि क्याम्पसको विपरीत हुने गरी त्रिभुवन विश्वविद्यालय, कार्यकारी परिषद, कृषि र पशु विज्ञान अध्ययन संस्थान, डिनको कार्यालयले यस विषयमा गरेको आफ्नो सम्पूर्ण निर्णय र अन्य नगरपालिकासंग जग्गा प्राप्तीको नाउमा भएको सहमति यथाशिघ्र खारेज गर्न माग गरे ।

पाँच वर्ष अघि नै अस्पतालको विस्तृत अध्ययन प्रतिवेदन (डि.पि.आर.) र नक्सासमेत तयार भइसकेको अवस्थामा नेपाल सरकारबाट प्रारम्भिक वजेटको रुपमा तीन करोड रुपियाँ विनयोजन भइसक्दा पनि पड्यन्त्रमुलक ढंगले क्याम्पस प्रशासनले एउटा सिंको नभाच्ने, वजेटलाई ‘फ्रिज’ गर्ने, भेटनरीको सातौ व्याच आइसक्दा र तीन वटा व्याच उत्तीर्ण भएर गइसक्दा पनि आजसम्म पुर्वाधार तयारीमा आँखा चिम्लेर वस्ने, अनि ‘हलो अड्काएर गोरु चुट्ने’ नेपाली उखानसँग मिल्ने गरी वि.एस्सी. भेटनरीको नयाँ भर्नाको लागि ‘नेपाल भेटनरी काउन्सिल’ले विगत दुई शैक्षिक सत्रबाट मान्यता नदिदाँ यसैको वहाना बनाई नयाँ ठाउँमा नयाँ पुर्वाधार निर्माण गरी कमिशन पचाउने यिनीहरुको खेल हो भन्ने आरोप लगाएका छन् । यस विषयमा गरेको आप्mनो सम्पुर्ण निर्णय र अन्य नगरपालिकासँग जग्गा प्राप्तिको नाउँमा गरेको गोप्य कथित सहमति (एम.ओ.ई.) यथाशिघ्र खारेज गरि अन्य ठाउँका लागि हालै भएको वजेट निकासा समेत यसै पक्लिहवा कृषि क्याम्पसको खातामा रकमान्तरण नभएसम्म, यसको लिखित जानकारी नदिए सम्म स्थानियले आन्दोलन जारी रहने बताए । आन्दोलनको पहिलो चरण अन्तर्गत पक्लिहवा कृषि क्याम्पस क्याम्पस प्रमुखको कार्यालयमा हाम्रो माग सम्बोधन नभएसम्म अनिश्चितकालिन तालावन्दी र पक्लिहवा कृषि क्याम्पसको स्वामित्वमा रहेको कुनै पनि सवारी साधन क्याम्पस हाताभन्दा बाहिर चलाउन पुर्णरुपमा वन्देज लगाइएको बताए ।

 

 

प्रकाशित मिति : सोमबार, फाल्गुन ३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij