बुटवल-लुम्बिनी टेलिभिजन बुटवलको आयोजनामा बिहीबारदेखि संचालित मैत्रिपूर्ण मिडिया कप भलिबल प्रतियोगिता शुक्रवार सेमी फाइनल र फाइनल खेल हुने छ। रुपन्देहीमा संचालित मिडिया हाउसहरुका बीचमा भावनात्मक सम्बन्ध विस्तार गर्ने उद्देश्यले संचालन गरिएको भलिबल प्रतियोगितामा रुपन्देही जिल्लाका १३ संचा। गृहहरुले सहभागिता जनाएका छन।
कोरोना महामारीका कारण मिडिया क्षेत्र समेत प्रभावित भइरहेको अवस्थामा मिडिया हाउस तथा पत्रकारहरुमा खेलकुदको माध्यमबाट उत्साह थप्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको टेलिभिजनका महासचिव दिनेश पाण्डेले जानकारी दिए ।। तिलोत्तमा२ योगिकुटी स्थीत मणिमुकुन्द भलिबल क्लबको खेलमैदानमा भइरहको प्रतियोगिताको उद्घाट लुम्बिनी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले गरेका थिए । मैत्रिपुर्ण मिडिया कप प्रतियोगितामा आयोजक संचार गृह सामुदायिक लुम्बिनी टेलिभिजन,सामुदायिक बुद्ध टेलिभिजन,राज्य टेलिभिजन,साझा टेलिभिजन,दैनिक लुम्बिनी,दैनिक पत्र,बुटवल टुडे,लुम्बिनी टाइम्स,खस्यौली एफ.एम,रेडियो जागरण,कञ्चन खवर,ग्लोवल आवाज,रेडियो लुम्बिनी गरी १३ संचार गृहहरुले सहभागित रहेको कार्यक्रम संयोजक विकास पराजुलीले जानकारी दिए ।
बिहिबार भएको पहिलो चरणको प्रतिस्पर्धाबाट ग्लोवल आवाज,बुद्ध टेलिभिजन,खस्यौली एफ.एम.,राज्य टेलिभिजन,साझा टेलिभिजन र लुम्बिनी टेलिभिजन बिच सेमीफाइनल र फाइन खेल हुने छ।
दुई दिनसम्म हुने प्रतियोगिताको विजेताले २५ नगद राशीसहित कप, मेडल र प्रमाणपत्र पाउने छ भने उप विजेताले १५ हजार नगद राशीसहित कप मेडलर प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । यसैगरी तेस्रो हुने समुहले समेत नगद ५ हजार पुरस्कार राशी प्राप्त गर्ने छ । यसैगरी सेमिफाईनलमा पुग्ने चारवटा टिमलाई जर्सि प्रदान गरिने आयोजकले जानकारी गराएको छ । खेल अवधीभर सबै खेलाडीहरुको दुर्घटना विमा समेत गरिएको संयोजक पराजुलीले बताए ।
प्रकाशित मिति : शुक्रबार, फाल्गुन ७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्