भारतबाट आइपुग्‍यो कोरोनाविरुद्धको १० लाख डोज खोप

भारतबाट आइपुग्‍यो कोरोनाविरुद्धको १० लाख डोज खोप

काठमाडौं –सरकारले भारतसँग खरिद गरेको १० लाख डोज  कोरोनाविरुद्धको ‘कोभिशिल्ड’ खोप काठमाडौं आइपुगेको छ। नयाँ दिल्लीबाट एयर इन्डिया विमानमार्फत आइतबार दिउँसो १० लाख डोज खोप काठमाडौं आइपुगेको हो।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार यही फागुन ५ गते खोप उत्पादन कम्पनी सेरम इन्सिच्युट अफ इण्डियासँग २० लाख डोज खोप किन्ने सहमतिअनुसार आइतबार १० लाख डोज खोप आएको हो।

यसअघि गत माघ ८ गते भारत सरकारले अनुदानमा उपलब्ध गराएको सोही खोप आएको थियो। अहिले उक्त खोप अग्रपंक्तिमा काम गर्ने कर्मचारीलाई लगाइँदैछ।

मन्त्रालयका सहप्रवक्ता डा अधिकारीका अनुसार खोप विमानस्थलबाट टेकुस्थित चिस्यान केन्द्रमा भण्डारण गरिनेछ। अब सार्वजनिक यातायातका चालक, सहचालक तथा विश्वविद्यालय र विद्यालयका शिक्षकले पनि खोप लगाउन पाउने भएका छन्।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव, प्रमुख विशेषज्ञ,मन्त्रालयका महाशाखा प्रमुखहरु, परिवार कल्याण महाशाखाका प्रमुख बालस्वास्थ्य तथा खोप शाखा प्रमुख, सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुखका विज्ञहरुको सहभागितामा बसेको बैठकले उक्त निर्णय गरेको हो।

त्यसैगरी, औषधि पसलमा कार्यरत र प्रयोगशालामा काम गर्ने कर्मचारी तथा सफाइकर्मीलाई पनि लगाउने पाउने निर्णय भएको छ।

प्रकाशित मिति : आइतबार, फाल्गुन ९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij