बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा बैंकले मंगलबारदेखि आफ्नै भवनबाट कारोवार सुरु गर्ने

बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा बैंकले मंगलबारदेखि आफ्नै भवनबाट कारोवार सुरु गर्ने

बुटवल ।
बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा बैंक लि.मंगलबारदेखि आफ्नै भवनबाट कारोवार सुरु गर्ने भएको छ ।

स्थापनाको १२ बर्ष पुरा गरी १३ बर्ष प्रवेशसँगै बैंकले फागुन ११ गते मंगलबारदेखि बुटवल–११ कालिकानगर स्थित आफ्नै भवनबाट कारोवार सुरु गर्नुकासाथै केन्द्रीय कार्यालयसमेत स्थानान्तरण गर्ने तयारी गरेको हो ।

१३ औं बर्ष प्रवेशको पुर्वसन्ध्यामा बैंकले आज पत्रकार सम्मेलनको आयोजना गरी उक्त कुराको जानकारी गराएको हो ।

२०६५ साल फागुन ११ गते ६ करोड चुक्ता पूँजीबाट कारोवार सुरु गरेको बैंक मंगलबारदेखि बुटवलको कालिकानगरमा करिब २० करोडको लगानीमा निर्माण भएको आफ्नै भवनमा केन्द्रीय कार्यालय स्थानान्तरण गर्न लागेको बैंकका अध्यक्ष थानेश्वर पौडेलले जानकारी दिए ।

स्थापना भएको १२ बर्षमै काठमाण्डौ बाहिर केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको एक मात्रै विकास बैंक बन्न सफल भएको भन्दै अध्यक्ष पौडेलले बैंकको लगानी तथा कारोबार मध्ये ९९.९९ प्रतिसत लुम्बिनी प्रदेशकै योगदान रहेको बताए ।

चुक्ता पुँजी ३ अर्ब ४० करोड र जगेडा कोष ७२ करोड गरी कूल पुँजीकोष ४ अर्ब १२ करोड पुगेको बैंकको लुम्बिनी प्रदेशका १० जिल्ला सहित काठमाण्डौ,पोखरा,चितवन, धनगढी,महेन्द्रनगर ६८ वटा शाखा कार्यालयहरुबाट सेवा प्रवाह गर्दै आएको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले जानकारी दिए ।

कार्यक्रममा पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसीले शाइन रेसुङ्गा बैंक अन्य बैंक भन्दा बढी पत्रकारमैत्री रहेको भन्दै बैंकलाई राष्ट्रिय स्तरको उत्कृष्ठ बैंकको रुपमा स्थापित गर्ने कार्यमा यहाँका पत्रकारहरुले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रकाशित मिति : सोमबार, फाल्गुन १० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij