JanataToday.com

Advertisment

SKIP THIS

बुटवल उद्योग बाणिज्य संघको अध्यक्षमा कसजु र अर्याल भिड्दै

बुटवल उद्योग बाणिज्य संघको अध्यक्षमा कसजु र अर्याल भिड्दै

बुटवल।

बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको आगामी नेतृत्वका लागि अध्यक्षमा दुई जनाको उम्मेदवारी परेको छ । संघको २४ औं महाधिवेशनबाट संघको नेतृत्व लिनका लागि संघका वरिष्ठ उपाध्यक्ष उज्जवलप्रसाद कसजु र बाणिज्य उपाध्यक्ष हरिप्रसाद अर्यालले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउनु भएको छ ।
संघको वरिष्ठ उपाध्यक्षमा महासचिव दिनेशप्रसाद श्रेष्ठ, उद्योग उपाध्यक्षमा टंकप्रसाद गैरे, बाणिज्य उपाध्यक्षमा नरिश्वर शर्मा पौडेल र महासचिवमा बिमलराज भट्टराईको एकल उम्मेदवारी दर्ता भएको छ ।
यस्तै एक एशोसियट सदस्य पदका लागि आनन्दप्रसाद वझाको एकल उम्मेदवारी परेको छ भने चार जना बाणिज्य सदस्य पदका लागि पनि काशीराम शर्मा पौडेल, मनोज ध्वजु, प्रकाशकुमार श्रेष्ठ र प्रतिक पोखरेलको मात्र उम्मेदवारी परेको छ ।
संघको एक कोषाध्यक्ष पदमा भने नविन श्रेष्ठ (नवराज) र भेषराज गैरेको उम्मेदवारी परेको छ । यस्तै एक सचिव पदका लागि बाबुराम विक, बसन्तप्रसाद ढकाल, मुक्तिप्रसाद अधिकारी र सुर्यप्रसाद पराजुली गरी चार जनाको उम्मेदवारी परेको छ ।
त्यस्तै चार उद्योग सदस्य पदका लागि नरेशकुमार श्रेष्ठ, नेत्रप्रसाद पाण्डे, निर्मित कसजु, पुरुषोत्तमभक्त प्रधानाङ्ग र संजय कलवार जयसवालको उम्मेदवारी परेको थियो । उम्मेदवारहरुको आपसी सहमतिमा उम्मेदवार पुरुषोत्तमभक्त प्रधानाङ्गले आफ्नो उम्मेद्वारी फिर्ता लिएपछि उद्योग सदस्यमा पनि आवश्यक पदमा मात्रै उम्मेदवारी कायम भएको छ ।
खुल्ला तर्फको ७ सदस्य पदमा भने दोब्बर १४ जनाको उम्मेदवारी परेको छ । खुल्ला सदस्यमा दिनेश श्रेष्ठ, दिपकप्रसाद चापागाई, गणेशचन्द्र पोखरेल, इर्साद आलम मिया, जाकिर हुसेन, जानकी नेपाल, कृष्ण श्रेष्ठ (कुलप्रसाद), माधवप्रसाद भुसाल, मोहम्मद जमिल खान, सवर मियाँ, सुमोदमान सैंजु, टिकाराम बञ्जाडे, त्रिबिक्रम श्रेष्ठ र तुलसीराम खनालको उम्मेदवारी परेको हो । त्यस्तै महिला तर्फको दुई सदस्य पदमा चार जनाको उम्मेदवारी परेको छ । महिला सदस्यमा जमुना पौडेल, मीना प्रधान, नमकला वेलवासे र सुनिता शर्मा बञ्जाडेको उम्मेदवारी परेको प्रमुख निर्वाचन अधिकृत बाबुराम पाण्डेले जानकारी दिनुभयो ।
संघको २४ औं अधिवेशन अन्तरगत यहि फागुनको ७ गतेदेखि सुरु भएको निर्वाचन कार्यतालिका अनुसार मंगलबार उम्मेदवारी दर्ता भएको हो । संघको नयाँ नेतृत्व चयनका लागि फागुन १३ गते बिहिबार मतदानको कार्यक्रम तय गरिएको निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति : मंगलबार, फाल्गुन ११ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij