JanataToday.com

Advertisment

SKIP THIS

चौथो कञ्चन प्रतिभा सप्ताहको उपाधी प्रगती मा.बि.लाई

चौथो कञ्चन प्रतिभा सप्ताहको उपाधी प्रगती मा.बि.लाई

कञ्चन
चौथो कञ्चन प्रतिभा सप्ताह तथा राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिताको उपाधी प्रगति नमुना माध्यमिक बिधालय,कञ्चन-१,बेलभरियाले हात पारेको छ।
गत फागुन ७ गते देखि कञ्चनका संस्थागत र सामुदायिक गरि ३० बिधालयका ५ सय छात्र-छात्राहरुले बाह्य र आन्तरिक अन्तर्गत प्राबिधिक र साहित्यिक गरी १ सय ८६ पदकका लागि भएको प्रतिस्पर्धामा प्रगती नमुना माध्यमिक बिधालयले ९ स्वर्ण १ रजत र ८ कास्य गरि पदक सहित प्रथम भएको हो।
माध्यमिक बिधालय तर्फ प्रगती नमुना माध्यमिक बिधालयले ९ ईभेन्ट्सहरुमा ९ स्वर्ण पदक प्राप्त गरि प्रथम भएको हो भने  हरैया माध्यमिक बिधालय,कञ्चन-३ हरैयाले ६ स्वर्ण १२ रजत सहित १८ पदक प्राप्त गरि दोश्रो भएको छ। यसैगरी ६ स्वर्ण ५ रजत र ६ कास्य पदक हासिल गरि बुद्धदीप आवासिय अंग्रेजी बिधालय,कञ्चन-५ गरगरे तेश्रो भएको छ।
आधारभुत बिधालय तर्फ बुद्धदीप अंग्रेजी आवासिय बिधालयले २ स्वर्ण, ३ रजत र २ कास्य पदक सहित प्रथम भएको छ भने मोर्डन भिजन एकेडेमी कञ्चन-३ हरैया २ स्वर्ण र ३ रजत पदक सहित दोश्रो भएको सचिवालय संयोजक लिलाधर शर्माले जानकारी दिए। यस्तै तृतिय स्थान भने मलावरदेबी माध्यमिक बिधालय र हरैया माध्यमिक बिधालय २-२ स्वर्ण र १-१ रजत पदक सहित हात पारेका छन।
हिमालय आधारभुत बिधालय,कञ्चन ४ दियोको खेलमैदानमा ‘हामि सबैको प्रण,सार्बजनिक शिक्षा प्रणालीको सबलिोकरण’ भन्ने मुल नारा सहित संचालित चौथो कञ्चन प्रतिभा सप्ताह तथा राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगितामा माध्यमिक र आधारभुत बिधालयका छात्र-छात्रा भलिबल,कबड्डी,रिले दौड,हाईजम्प,लङ्गजम्प,ट्रिपल जम्प,३ हजार,१५ सय,८ सय,४ सय र २ सय दौड,साहित्य तर्फ कबिता लेखन,निबन्ध,नेपाली र अंग्रेजी हिज्जे,हाजिरी जवाफ लगायत ६२ ईभेन्ट्सहरुमा बिधार्थीहरु बिच प्रतिस्पर्धा भएको थियो।
प्रतिभा सप्ताहको समापन गर्दै कञ्चन गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत लेख बहादुर बस्नेतले खेलकुदको माध्यमबाट बिधार्थी,अभिभावक, शिक्षक तथा समुदायमा अनुशासन,एकता,समन्वय र आपसी सहयोगी भावनाको बिकास गरी समृद्ध कञ्चनको सकारात्मक सन्देश दिन सकिने बताए।खेलकुदले सिकाउने भनेको सबैभन्दा ठूलो अनुशासन हो । जसले अनुशासनलाई शिरोधार्य गर्छ उसले हरेक प्रतियोगिताहहरुका उपाधीहरु सहजै हात पार्न सकिने बताए ।
कार्यक्रममा प्रतिभा सप्ताह सम्पन्न गर्न सहयोग गर्ने बिधालय,शिक्षक,बिधार्थी,अभिभावक,कर्मचारी,स्वयम सेवक,सुरक्षाकर्मी,स्वास्थ्यकर्मी,बिभिन्न उप समितिमा रहेर कार्य सम्पादन गर्ने शिक्षक कर्मचारी तथा पत्रकारहरुलाई सम्मान गरिएको कार्यक्रममा रुद्रपुर सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष नाम बहादुर के.सी.,हरैया माध्यमिक बिधालयका प्रधानाध्यापक तथा कञ्चन शिक्षा समितिका सदस्य मेघनाथ शर्मा,बुद्धद्धीप अंग्रेजी आवासिय बिधालयका प्रधानाध्यापक तथा कञ्चन शिक्षा समितिका सदस्य लेखनाथ पौडेल,शिक्षा अधिकृत रमेश भुषाल लगायतले मन्तब्य ब्यक्त गरेका थिए।
कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीको अध्यक्षता,वडा नं.५ का वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारीको स्वागत तथा बुद्धदीप अंग्रेजी आवासिय बिधालयका शिक्षक उमा ढकालको संचालनमा कार्यक्रम सम्पन्न भएको हो।

प्रकाशित मिति : मंगलबार, फाल्गुन ११ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij