गृह जिल्ला झापा जाँदै प्रधानमन्त्री ओली

गृह जिल्ला झापा जाँदै प्रधानमन्त्री ओली

file

काठमाडौँ -प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्ला झापा जाँदैछन् । सत्तारुढ नेकपा दुई समूहमा विभाजन भएपछि प्रधानमन्त्री ओली पहिलो पटक झापा जान लागेका हुन् ।

उनले झापा क्षेत्र नम्बर ५ मा चीन-नेपाल मैत्री औद्योगिक पार्क (चाइना–नेपाल फ्रेन्ड्शिप इन्डस्ट्रियल पार्क)को शिलान्यास गर्ने कार्यक्रम छ । औद्योगिक पार्क दमक नगरपालिका, गौरादह नगरपालिका र कमल गाउँपालिकामा बन्न लागेको हो ।

त्यसैगरी प्रधानमन्त्री ओलीले दमक नगरपालिका-१ बाट चुलाचुली जोड्ने रतुवा खोलाको पुल उद्घाटन, मदन भण्डारी लोकमार्गअन्तर्गत सुनसरीको चतारादेखि झापाको बाहुनडाँगीसम्मका खोलामा निर्माण हुने दर्जन बढी पुलको दमकस्थित बेलडाँगी रतुवा खोलाबाट संयुक्त रुपमा शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओली झापा जाने भएपछि जिल्लाको सुरक्षा व्यवस्था कडा बनाइएको छ । उनी विभिन्न कार्यक्रममा सहभागी भएर आजै काठमाडौँ फर्किने कार्यक्रम छ ।

प्रकाशित मिति : आइतबार, फाल्गुन १६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij