सैनामैना -लुम्बिनी प्रदेश सभा सदस्य तथा नेपाली काग्रेसकी नेतृ रमा अर्यालले “कांग्रेस पार्टिले अहिलेको अबस्थामा कम्युनिष्ट संग सहकार्य नगर्ने तर्क गर्दै अव कांग्रेस एक्लै चुनावमा होमिने बताउनु भयो । लोकतन्त्रमाथी कुठाराघात गर्ने,संविधानलाई नै कुल्चीएर असंवैधानिक कदम चाल्ने कम्युनिष्ट संग पार्टि सहकार्य कुनै औचित्य नभएको उल्लेख गर्नुभयो ।बर्तमान सरकार जनता र देशको हितमा नभई कुर्सीको लोभमा एकले अर्काको अस्तित्व स्विकार गर्न नसकेको आरोप समेत लगाउनु भयो । ”
कांग्रेस भातृसंगठन नेपाल महिला संघ रुपन्देहीको आयोजनामा आज (सोमबार)सैनामैनामा भएका पदाधिकारी भेटघाट तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै सासद अर्यालले “काग्रेस पार्टि सुदृढ हुन आवश्यक रहेकोमा जोड दिनुभयो । जव सम्म संगठन बलियो हुदैन तव सम्म काग्रेस अघि बढ्न नसक्ने हुदां काग्रेसलाई चलायमान गराउन काग्रेस निकट सबैले पहल गर्नु पर्ने बताउनु भयो । ”
यस्तै,कार्यक्रममा नेपाल महिला संघ रुपन्देही जिल्ला सभापति गंगा शाहिले “रुपन्देहीका १६ वटै स्थानीय तहमा छलफलका कार्यक्रम अघि बढाएको बताउनु भयो । राजनितिको मुलधारमा महिलाहरुको पनि सहभागिता र नेतृत्व हुनुपर्ने बताउंदै प्रत्येक स्थानीय तहका वडा देखि नगर सम्म समिति गठनका लागी गृहकार्य भईरहेको जानकारी दिनुभयो ।”
कार्यक्रममा काग्रेस नगरसभापति रामप्रसाद अधिकारीले “अवको पार्टिका वडा,टोल नगर,जिल्ला,क्षेत्र,प्रदेश र केन्द्रमा महिलाहरुको सुनिश्चित गरिएको बताउनु भयो । अधिकार प्राप्तिका लागी महिला स्वयं जागरुक पनि हुन जरुरी रहेको कुरामा जोड दिनुभयो ।”
यसैगरि,कार्यक्रममा महाधिवेशन प्रतिनिधी,कांग्रेस सैनामैना वडा न.१ देखि ११ सम्मका वडा सभापति,क्षेत्रिय प्रतिनिधी,शिक्षक महासंघ लगायतले मन्तब्य बोल्दै संगठीत हुदै पार्टिलाई बलियो बनाउनमा सवै लाग्न आग्रह गरेको छन् । कांग्रेस महिला नेतृ लक्ष्मी जोशीले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।
प्रकाशित मिति : सोमबार, फाल्गुन १७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्