JanataToday.com

Advertisment

SKIP THIS

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं – सरकारले तीनसाता नपुग्दै पेट्रोलियम पदार्थको तीन पटक मूल्यवृद्धि गरेको छ। यसअघि एकसातामा दुई पटक मूल्यवृद्धि गरेको सरकारले सोमबार फेरि मुल्य बढाएको हो।

नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको जनाएको छ। निगमले पेट्रोल, डिजेल मट्टितेलको मूल्य प्रतिलिटर २/२ रुपैयाँ बढाएको विज्ञप्तिमार्फत जानकारी दिएको छ।

निगमले आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँ तथा अन्तराष्ट्रिय उडानमा प्रयोग हुने हवाई इन्धनको मूल्य प्रति किलोलिटर २५ अमेरिकी डलर वृद्धि गरेको छ।

नयाँ मूल्यसूची अनुसार पेट्रोलको प्रतिलिटर १ सय १६ रुपैयाँ, डिजेल तथा मट्टितेल ९९ रुपैयाँ, आन्तरिक हवाई इन्धनको मूल्य ७२ रुपैयाँ र बाह्य हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर आठ सय ९३ अमेरिकी डलर कायम भएको छ। खाना पकाउने एलपी ग्यासको मूल्य भने यस पटक बढाइएको छैन। ग्यासको मुल्य एक हजार ४ सय रुपैयाँमा यथावत छ।

हाल वृद्धि भएको मूल्यमा बिक्री गर्दा पनि निगमलाई पेट्रोलमा प्रतिलिटर ८.४२ रुपैयाँ, डिजेलमा ६.५६ रुपैयाँ तथा एलपी ग्यासमा प्रति सिलिन्डर तीन सय ९२ रुपैयाँ ८२ पैसा नोक्सान रहेको निगमले जनाएको छ।

मूल्य बढे पनि सीमावर्ती भारतीय बजारमा भन्दा नेपालमा पेट्रोलको मूल्य ९५.९३ रुपैयाँ र डिजेलको मूल्य ४२.०७ रुपैयाँ सस्तो पर्न जाने निगमले जनाएको छ। ​निगमले यस अघि फागुन ४ र माघ २८ गते पनि पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको थियो।

 

प्रकाशित मिति : सोमबार, फाल्गुन १७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij