काठमाडौं – सरकारले नेत्र विक्रम चन्द विप्लव समूहसँग वार्ता गर्न वार्ता टोली बनाएको छ । सरकारले मंगलबार विप्लवको चाहनाअनुसार वार्ता गर्नका लागि दुई सदस्यीय वार्ता टोली गठन गरेको हो ।
वार्ता टोली गृहमन्त्री रामबहादुर थापा ‘बादल’को नेतृत्वमा गठन भएको हो । साथमा सदस्यका रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराई छन् ।
विप्लवले गत ९ फागुनमा विज्ञप्तिमार्फत् आफूहरु सरकारसँग वार्ता गर्न सकारात्मक भएको बताएका थिए । त्यसपछि सरकारले वार्ताका लागि प्रक्रिया थालेको थियो ।

प्रकाशित मिति : मंगलबार, फाल्गुन १८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्