JanataToday.com

Advertisment

SKIP THIS

बुटवल खुला लनटेनिसको उपाधि रितिक र प्रेरणालाई

बुटवल खुला लनटेनिसको उपाधि रितिक र प्रेरणालाई

रुपन्देही

रुपन्देहीमा सम्पन्न चौंथो बुटवल खुला लनटेनिस प्रतियोगिताको उपाधि रितिक रानाले जितेका छन् । मंगलबार भएको रोमाञ्चक फाईनलमा सन्तोष खत्रीलाई ६–३, ७–५ को सोझो सेटमा पराजित गर्दै बुटवलका रितिकले उपाधि उचालेका हुन् ।

यस्तै, महिला सिङ्गल तर्फको उपाधि प्रेरणा कोईरालाले जितिन् । उनले फाईनलमा अभिलाषा विष्टलाई ६–३, ६–१ को सेटमा पराजित गर्दै उपाधि हात पारिन् । यस्तै, ३५ प्लसमा कमल भण्डारीले सन्जय प्रकाश श्रेष्ठलाई ६–२, ६–० को सेटमा पराजित गर्दै जित हात पारे । बुटवलका श्रेष्ठ पहिलो पटक फाईनल पुगेका हुन् । यसैगरी, ४५ प्लसमा चन्द्र शाहि ९यू एण्ड मि० ले धर्म लामिछानेलाई ६–४, ६–३ को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारे । ५५ प्लसतर्फ हिमाल शाहले मनोज राणालाई ६–७, ६–२, १०–२ को सेटमा हराए ।

विजेता खेलाडीलाई एक समारोहकाबीच नेपाल टेनिस संघका केन्द्रीय अध्यक्ष ज्योति राणा, बुटवल उपमहानगरपालिका वडा नं ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्री, टेनिस संघका केन्द्रीय उपाध्यक्ष राजु श्रेष्ठ, मन जयकार टेनिस एकेडेमीका अध्यक्ष मनोज राणा लगायतले पुरस्कार वितरण गरे । यसैबीच समारोहमा लन टेनिस खेलमा महत्वपूर्ण योगदान दिएका प्रमुख प्रशिक्षक कृष्णराज घलेलाई नगद १८ हजार रुपैयाँ सहित सम्मान गरिएको थियो ।

प्रकाशित मिति : मंगलबार, फाल्गुन १८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij